ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उद्योगको लाइन तत्काल नकाट्ने प्राधिकरण बोर्ड बैठकको निर्णयमा २ सञ्चालकको फरक मत


एबीसी न्यूज
१२ मंसिर २०८१, बुधबार   २ : ४४   बजे

काठमाडौं १२ मंसिर । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता नउठे पनि उद्योगहरुको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ। तर सो निर्णयमा दुई सञ्चालकले भने फरक मत राखेका छन्।

बुधबार बसेको समितिको बैठकमा सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका हुन्।  ऊर्जामन्त्री दीपक खड्काले भने विद्युत् नियमन आयोगले लाइन नकाट्ने गरी मंगलबार पठाएको पत्र कार्यान्वयनमा जोड दिएका थिए।

सो अनुसार बोर्डले प्राधिकरणले दिएको म्याद सकिए पनि अहिले नै उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो। आजको निर्णय माइन्युट हुन बाँकी रहेको एक सञ्चालकले जानकारी दिए।

‘अहिले नै लाइन नकाट्ने भन्ने नै भयो’, ती सञ्चालकले भने, ‘दुई सञ्चालकले फरक मत राख्नुभयो। पैसा उठाउने कुरामा पटक पटक विभिन्नखाले निर्णय गर्दा पैसा उठ्ने कुरा नहुने भयो। प्राधिकरणले जारी गरेको बिल अघिल्लो सञ्चालक समितिले नै स्वीकृत गरेको छ। यसलाई गलत छ भन्न मिल्दैन। यसरी निर्णय गरेर पैसा नउठाउने कुरा गर्दा नियत राम्रो देखिँदैन।’

मन्त्री खड्काले भने नियमन आयोगको निर्णय नै कार्यान्वयन गर्न जोड दिएको ती सञ्चालकको भनाइ छ।

गत कात्तिक २५ मा मन्त्रिपरिषद् बैठकले बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो। सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को उक्त निर्णयपछि प्राधिकरणले सार्वजनिक सूचनामार्फत १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने जनाएको थियो। सो समय आज सकिने भएपछि हिजो मंगलबार आयोगले प्राधिकरणलाई यथास्थितिमा रहन पत्र पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group