ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भर्खर जन्मिएकी बालिकालाई स्वागत गरेर प्रधानमन्त्रीले गरे जनसंख्या सम्मेलनको उद्घाटन


एबीसी न्यूज
१२ मंसिर २०८१, बुधबार   २ : ४९   बजे

काठमाडौं १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै जन्मिएकी बालिकालाई स्वागत गरेर नेपालमा छैटौँ एसियाली जनसंख्या सम्मेलन ९एपीसी० को उद्घाटन गरेका छन्।

कार्यक्रम उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० मा भर्खर प्रसूति भएकी मीना श्रेष्ठ र उनकी नवजात छोरीलाई भिडिओ कलमार्फत स्वास्थ्यलाभको कामना पनि गरे।

श्रेष्ठले अपरेसनबाट दोस्रो सन्तानका रूपमा छोरी पाएकी हुन्। उनले पहिला पनि अपरेसनबाटै बच्चा जन्माएकी थिइन्।

‘प्रधानमन्त्रीज्यूले भिडिओ कलबाट आमा र बच्चाको स्वास्थ्य अवस्था सोध्नुभयो। बधाई दिनुभयो र स्वास्थ्यलाभको कामना गर्दै बेस्ट विसेस भन्नुभयो,’ सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज ९केएमसी० डा वर्षा बरालले नेपालखबरलाई भनिन्।

डा बरालका अनुसार, श्रेष्ठले पनि जनस्वास्थ्य विषय अध्ययन गरेकी छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय जनसंख्या विभाग र एसियन पपुलेसन एसोसिएसन ९एपीए० को सहकार्यमा सम्मेलन सुरू भएको छ। मंसिर १५ गतेसम्म चल्ने सम्मेलनमा ५० देशका ७०० भन्दा बढी जनसंख्या विज्ञ, नीति निर्माता, र अनुसन्धानकर्ता सहभागी रहेको आयोजक समिति संयोजक प्राडा योगेन्द्रबहादुर गुरुङको भनाइ छ।

सम्मेलनमा १७ वटा मुख्य विषयगत शीर्षकमा ४०० वटा कार्यपत्र प्रस्तुत गरिनेछ। विश्वव्यापी जनसांख्यिकीय परिवर्तनहरू, सामाजिक–आर्थिक प्रभावहरू र जनसंख्या व्यवस्थापनका चुनौतीहरूमा केन्द्रित रहेर सम्मेलनमा बहस हुने गुरुङले बताए।

नेपालले यस्तो सम्मेलन पहिलोपटक आयोजना गर्न लागेको हो। यसअघि यो सम्मेलन नयाँ दिल्ली ९२०१००, बैंकक ९२०१२०, क्वालालम्पुर ९२०१५०, सांघाई ९२०१८० र जकार्ता ९२०२१० मा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group