ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किमले दिए मिसाईल सम्बन्धि वार्ताको निम्तो : ट्रम्पले स्विकारे


admin
२५ फाल्गुन २०७४, शुक्रबार   २ : ४५   बजे

वासिङ्टन, २५ फागुन।  पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ ।

उत्तर कोरियाली नेता किम जङ उनको सो इच्छा अनुरुप नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उत्तर कोरियाका नेतासँग भेटवार्ता गर्न सहमत भएको खुलेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाका नेता उनसँग भेट्न तयार हुनुभएको समाचार बिहीबार अमेरिकाबाट आएको छ ।

उत्तर कोरियाली नेता उनको आग्रहमा राष्ट्रपति ट्रम्प उहाँलाई भेट्न तयार हुनुभएको दक्षिण कोरियाली राष्ट्रपतिका एकजना दूतले जानकारी दिनुभएको छ ।

अमेरिकी र उत्तर कोरियाली नेताहरुसँग भेटवार्ता गरेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतले बिहीबार सो जानकारी दिनुभएको हो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिका जानुभएको थियो ।

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुभएको बताइएको छ ।

उहाँहरुले उत्तर कोरियाली नेता किमको तर्फबाट पनि अमेरिकी राष्ट्रपतिलाई उहाँको पत्र लगिदिनुभएको थियो । सो पत्रमा वार्ताका लागि नेता किमले आग्रह गर्नुभएको थियो ।

उक्त पत्र प्राप्तगरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग आफू वार्ताका लागि तयार रहेको बताउनुभएको पनि विशेषदूत चुङले वासिङ्टनमा जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

किमले थप पारमाणविक कार्यक्रमहरु तथा क्षेप्यास्त्र परीक्षणको काम नगर्ने प्रस्ताव गरेको र यदि त्यसो हो भने आफू उनसँग भेटवार्ता गर्न पनि तयार रहेको जानकारी ती विशेषदूतले दिनुभएको छ ।
दक्षिण कोरियाली दूत चुन यु योङले राष्ट्रपति ट्रम्पले यसअघ पनि वार्ताको सम्भावनाको कुरा गरेको भए पनि उहाँले उत्तरसँग कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेकाले उत्तर कोरियामाथि दबाब बढाएको धारणा राख्नुभयो ।

दुई महिनामात्र अघिसम्म ती दुई नेताहरु सार्वजनिक रुपमा व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रिएको पाइन्थो । तर अव भने वार्ताका लागि बस्ने सहमति भएको छ ।

वार्ताको कुरा अप्रत्याशित र नाटकीय 

यस घटनाक्रमलाई अप्रत्याशित घोषणाका रुपमा हेरिएको छ । उत्तर कोरियाली नेताको पत्र लिएर वाशिङ्टन पुगेका दक्षिण कोरियाली ती विशेषदूतले यो नयाँ कुराको खुलासा गरेपछि यसलाई अप्रत्यासित भनिएको हो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार किमले पारमाणविक र क्षेप्यास्त्र परीक्षणहरु स्थगन गर्न सहमति जनाउनुभएको छ भने पारमावणिक निस्शस्त्रीकरणका लागि पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो घटनाक्रम चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गरेको भोलिपल्ट नै विकास भएको जस्तो देखिएको छ ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले यी दुई देशले जतिसक्दो चाँडै शान्तिवार्ता गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

विदेशमन्त्री यिले उत्तर कोरियाको परमाणुअस्त्र कार्यक्रमका बारेमा पनि दुई देशले वार्तागरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिँदै आउनुभएको थियो ।

दक्षिण कोरियाका दुई जना विशेषदूत बिहीबारै संयुक्त राज्य अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको थियो ।

चीनको यो आग्रहलाई अर्थपूर्ण रुपमा लिइएको धारणा विश्व समुदायले राखेकै समयमा अमेरिकी राष्ट्रपतिबाट पनि यो प्रतिक्रिया आएको छ ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका दुईजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गर्नुभएको थियो ।

उहाँहरुले आफ्नो देश दक्षिण कोरिया र उत्तर कोरियाको सन्देश अमेरिकासम्म लानुभएको समाचारमा जनाइएको छ । यदि समाचारमा आएबमोजिम वार्तामा बस्ने हो भने राष्ट्रपति ट्रम्प नै उत्तर कोरियासँग वार्ता गर्ने पहिलो राष्ट्रपति हुनुहुने छ ।

यसलाई कोरियाली प्रायद्वीपमा शान्ति तथा निशस्त्रीकरणका लागि ठूलो उपलब्धिका रुपमा हेरिएको छ ।
उत्तर कोरियाली नेताले थप अणुअस्त्रको परीक्षण आफूले नगर्ने भनी पठाउनुभएको सन्देशको कार्यान्वयन हुन सकेका पनि यस क्षेत्रको समस्या समाधानमा ठूलो योगदान पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group