ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छ : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१५ मंसिर २०८१, शनिबार   ४ : ५८   बजे

काठमाडौँ १५ मंसिर । नेकपा (माओवादी केन्द्र)  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् । शनिवार निजी निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

केही दिनअघि कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष प्रचण्डले हप्ताको दुईरतीन पटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए । सोही बारेमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले सत्ता परिवर्तनको कुरा आफूले अघि नबढाएको दाबी गर्दै ०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरुमार्फत आग्रह गरेको बताए ।

उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरू केही हुनै सक्दैन । मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा । अब तपाईँहरूले सोधिहाल्नुभयो । गगन थापालाई मैले एउटा युवा नेताको रूपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ । कति तल कति छिटो झर्न सकेको हो । त्यस्तो एउटा राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्न सक्ने भएको देख्दा उहाँप्रति मलाई साँच्चै दया लागेको छ ।

उनले थपे, ‘तपाईँहरूले सोधी नै हाल्नुभयो । शतप्रतिशत झुटो कुरा हो । मैले भनेको छैन, बरु भन्दा पनि भन्दिन । मलाई त सरकारबाट बाहिर आएर जनतामा जाँदा नै हामीलाई सहज भइरहेको छ । सरकार तपाईँहरू ०८४ सम्म नै चलाउनुस् भनेको छु । मेरो शेरबहादुर देउवाजीसँग यो विषयमा कहीँ कतै प्रत्यक्ष, परोक्ष केही कुरा भएकै छैन । यस्तो झुटो कुरा गगनजी तपाईं आत्मसमीक्षा गर्नुहोला भन्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिई ज्यान गुमाउनुभएका नारायण नगरकोटी र सानुमाया नगरकोटीका दुई छोरी गरिमा र अनु नगरकोटीको कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिएकोमा उद्धव नेपाललाई धन्यवाद ज्ञापन गरे । अध्यक्ष दाहालले पीडामा भएकाहरूलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group