ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई परियोजना कार्यान्वयन हुनेछ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   ८ : १९   बजे

काठमाडौं २३ मंसिर । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले साझा समृद्धिका लागि बीआरआई परियोजना महत्वपूर्ण रहेको बताएका छन् । बीआरआई परियोजना नेपालमा कार्यान्वयन पनि हुने उनले स्पष्ट पारेका छन् ।

चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभन्दा अघिल्लो दिन चाइना मिडिया ग्रुप सीएमजीलाई दिएको अन्तर्वार्तामा ओलीले बीआरआईको उद्देश्य साझा समृद्धिसहित अरू देशहरूको साझा विकास बढाउनु हो भन्दै यो नेपालका लागि पनि निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

‘चीनबाट प्रस्तुत यो बीआरआई  प्रस्ताव निकै राम्रो, निकै महत्वपूर्ण छ । धेरै देशहरू उक्त प्रस्तावको स्वागत गरेका छन् । नेपाल पनि बीआरआईको साझा निर्माणको पक्षधर हो,’ उनले भनेका छन् ।

चाइना मिडिया ग्रुपको नेपाली संस्करणमा शनिबार सार्वजनिक भिडियो अन्तर्वार्तामा ओलीले नेपाल र चीनले बीआरआईको साझा उद्देश्य हासिल गर्ने सहकार्य प्रारूपमा ९–१० वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको बताएका छन् ।

‘डिसेम्बर ३ तारिख राष्ट्राध्यक्ष सी चिनफिङसँग वार्ता गरेर हामीले द्विपक्षीय सम्बन्धबारे वैचारिक आदानप्रदान गरेका थियौं । वार्ता रमाइलो र फलदायी थियो,’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको थियो ।

यो सम्झौता धेरै महत्वपूर्ण रहेको बताउँदै ओलीले भनेका छन्, ‘यो एक छाता जस्तै छ, त्यस अन्तर्गत अरु विभिन्न परियोजनाहरु छन्, ती कार्यान्वयनमा जानेछन् । यो छाता सम्झौताले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत सबै क्षेत्र समेट्ने छ ।’

उनले प्रधानमन्त्रीको हैसियतमा आफूले तेस्रो पटक चीन भ्रमण गरेको यो भ्रमण निकै सफल र फलदायी भएको पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu