ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सरकारको मुख्य एजेण्डा भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण’


एबीसी न्यूज
२५ मंसिर २०८१, मंगलबार   ३ : ०३   बजे

काठमाडौं २५ मंसिर ।  गृहमन्त्री रमेश लेखकले वर्तमान गठवन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचारमुक्त र सुशासनसहितको राष्ट्र निर्माण रहेको बताउनुभएको छ । मङ्गलबार सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

संविधानको रक्षा, सङ्घीय लोकातान्त्रिक गणतन्त्रको सबलीकरण गरी देशमा राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस गठवन्धन बनेको गृहमन्त्री लेखकले बताउनुभयो ।

पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा बोल्नुहुँदै मन्त्री लेखकले अपराधमा संलग्न भएको आरोप लागेका व्यक्ति माथि अनुसन्धान हुँदा मानवअधिकारको हनन् नहुने बताउनुभयो ।

लेखकले सरकार मानवअधिकार रक्षाका लागि प्रतिवद्ध रहेको उल्लेख गर्नुहुँदै सार्वजनिक रुपमा लामिछाने माथि लागेको आरोपको अनुसन्धान हुनुलाई मानव अधिकारसँग जोड्न नहुने उल्लेख गर्नुभयो । अनुसन्धान, अदालत र न्यायिक निरुपणलाई प्रभावित गर्ने कार्य गलत रहेको उल्लेख गर्दै सरकारले कसैको पनि मानवअधिकारको हनन् गर्ने कार्य नगरेको मन्त्री लेखकले दावी गर्नुभयो ।

अनुसन्धान र न्यायिक प्रक्रिया कानुन सम्वत अघि बढ्ने उल्लेख गर्नुहुँदै मन्त्री लेखकले भिडले न्यायको निरुपण नुहने बताउनुभयो । सरकार र मन्त्रि परिवर्तनको विषय हल्ला मात्रै भएको मन्त्री लेखकको भनाइ छ ।

यस्तै, गृहमन्त्री लेखकले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका महत्त्वपूर्ण प्रहरी संरचनाहरु यथासिघ्र सार्न लागिएको बताउनुभयो । जग्गा प्राप्ति लगायतका विषय टुङ्गो लागि सकेकाले कर्णाली बाहिर रहेका महत्त्वपूर्ण प्रहरी कार्यालयहरु कर्णालीमा सार्ने तयारी रहेको मन्त्री लेखकले बताउनुभयो ।

कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि परम्परागत हिंसा भने चुनौतीका रुपमा रेहेको उहाँले बताउनुभयो । लागूऔषध, आत्महत्या र घरेलु हिंसा कर्णालीमा चुनौतीका रुपमा देखा परेको उल्लेख गर्दै यसको निरुपणमा सरकारले नयाँ ढङ्गले सुरक्षा योजना तयार पार्ने मन्त्री लेखकको दावी थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu