ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन् २०२४ पनि पत्रकारका लागि दुःखद, कामको सिलसिलामा ६८ जना मारिए


एबीसी न्यूज
२८ मंसिर २०८१, शुक्रबार   ३ : ०७   बजे

काठमाडौं २८ मंसिर । संयुक्त राष्ट्रसंघको शिक्षा, विज्ञान तथा साँस्कृतिक संगठन ९युनेस्को०ले सन् २०२४ पत्रकार र मिडियाहरुका लागि निकै दुःखद वर्ष भएको जनाएको छ । किनकी सन् २०२४ को हालसम्म ६८ पत्रकारहरुले कामकै क्रममा ज्यान गुमाउनु परेको छ ।

पत्रकार र मिडियाकर्मीको हत्याको मामिला ६० प्रतिशत यस्तो देशमा भएको छ जहाँ युद्ध जारी छ । पछिल्लो एक दशकयता पत्रकारहरुको ज्यान गएको यो सबैभन्दा बढी हो । सन् २०२३ पनि पत्रकारहरुका लागि सुखद थिएन ।

युनेस्कोकी महानिर्देशक आन्द्रे अजुले भनेकी छन्, ‘टकराव, युद्ध र संकटबाट प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्नु र विश्वसनीय जानकारी दिँदै जागरुक गराउन पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । तर त्यही कामको सिलसिलामा पत्रकारहरु मारिनु निकै दुःखद छ । म सबै देशका सरकारलाई पत्रकारहरुको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्दछु ।’

युनेस्कोको रिपोर्टका अनुसार यस वर्ष युद्धग्रस्त क्षेत्रमामात्रै ४२ पत्रकार मारिएका छन् । प्यालेस्टाइनमा सबैभन्दा धेरै १८ जना पत्रकार मारिएका छन् । त्यसपछि युक्रेन, कोलम्बिया, इराक, लेबनान, म्यानमार र सुडानमा पनि पत्रकारहरु मारिएका छन् । यसबाट हिंसा र अस्थीर क्षेत्रमा जोखिम बढेको भनेर बुझ्नुपर्ने युनेस्कोले जनाएको छ ।

सन् २०२३ मा पनि यस्तै खालको दुःखद अवस्था थियो । युनेस्कोले भनेको छ, ‘यी दुई वर्ष ९२०२३ र २०२४० मा टकराव र युद्धग्रस्त क्षेत्रमा सबैभन्दा धेरै पत्रकारहरुको मृत्यु भएको छ, जुन २०१६ र २०१७ यताकै सबैभन्दा धेरै हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारको यात्रा : गन्तव्य अस्पष्ट, शासनशैलीमाथि प्रश्न

अनलाइनबाटै स्वास्थ्य बीमा आबद्धता र नवीकरण गर्न सकिने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu