ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   ८ : ५७   बजे

काठमाडौं ३० मंसिर । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार केही मत गन्न बाँकी भए पनि शर्माको गन्न बाँकी भन्दा बढी मतान्तर भइसकेको छ ।

गएरातिसम्मको मतगणनामा शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अगाडि हुनुहुन्छ ।

शर्माको जीतसँगै नेपाल पत्रकार महासङ्घले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउँदैछ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुनुहुन्छ ।

यस्तै प्रेस युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनको समर्थन रहेको छ ।

अध्यक्षसँगै केन्द्रीय पदाधिकारीका धेरै पदमा पनि शर्मा प्यानलकै उम्मेदवारले जित्ने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित र महासचिवमा रामप्रसाद दाहालले अग्रता लिनुभएको छ । केही पदमा भने विष्ट प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group