ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस महाधिवेशनका लागि शेखर र गगनबीच ध्रुवीकरण सुरु


एबीसी न्यूज
३० मंसिर २०८१, आइतबार   १ : ५१   बजे

काठमाडौं ३० मंसिर । कांग्रेसको आगामी महाधिवेशन कहिले हुने भन्ने टुंगो नलाग्दै नेतृत्वका लागि पार्टीभित्र ध्रुवीकरण बढाउने कसरत हुन थालेको छ ।

विधानले दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्थाका कारण पार्टी सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनदेखि कार्यकारिणी भूमिकाबाट निवृत्त हुँदै छन् । उनको निवृत्तिसँगै कांग्रेसभित्र परम्परागत गुट भत्किएर नयाँ ध्रुवीकरण सुरु हुने सम्भावना देखिएको छ ।

सभापति देउवाले आफ्नो उत्तराधिकारी तयार पारिसकेका छैनन् । पार्टी नेतृत्वका आकांक्षीहरू उनको साथ र समर्थन लिने कसरतमा छन् । संस्थापन पक्षभित्रै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला देउवाको साथ–समर्थन लिने दौडमा छन् । तर देउवाले संगठनमा पकड राखेका इतरपक्षका नेता शेखर कोइराला र महामन्त्री गगन थापाप्रति झुकाव राख्ने गरेको चर्चा कांग्रेस वृत्तमा छ ।

संस्थापन पक्षमा बालकृष्ण खाण, एनपी सावद, प्रकाशशरण महत, मोहनबहादुर बस्नेतलगायतका नेताले शेखर कोइरालाप्रति सकारात्मक सद्भाव देखाउन थालिसकेका छन् । देउवाले भने राष्ट्रिय राजनीतिका निर्णायक भूमिका र छलफलमा महामन्त्री थापालाई अघि सारिरहेका छन् ।

उनको रोजाइ कोइराला र थापामध्ये को हो भन्ने प्रस्ट भने छैन । अर्कातर्फ यी दुई नेताबीचको टक्करले पार्टीभित्र नयाँ ध्रुवीकरणको पैरवी पनि हुन थालेको छ । पछिल्लो पटक कोइराला र थापाबीचको मुख्य टक्कर कोशी प्रदेशमा देखिएको छ । कोशीमा कोइराला पक्षधरले मंसिर १८ मा पालिका तहका सभापतिहरूको भेला डाकेका थिए । त्यसको प्रमुख अतिथि कोइराला आफैं थिए ।

त्यस्तो भेला पार्टीको विधानभन्दा बाहिर भएको भन्दै रोक्ने प्रयास महामन्त्री थापाबाट भएको बुझाइ कोइराला पक्षीय नेताहरूको छ । भेला रोक्ने उद्देश्यबाट पार्टीका मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गरेर मंसिर २२ अघि कुनै प्रदेशमा पनि पार्टीको कार्यक्रम नभएको उल्लेख गरेका थिए ।

त्यसको झोकमा कोइरालाले आफ्नै गृहनगर विराटनगरमा भएको मंसिर २२ को कोशी प्रदेश सम्मेलन बहिष्कार गरे । आफूसँग सम्मेलनबारे परामर्श नगरिएको भन्दै कोइराला त्यो दिन चितवन पुगेका थिए । कोशी प्रदेश सम्मेलन सकिएलगत्तैदेखि भने उनी विराटनगरमै छन् । यी घटनाक्रमले सार्वजनिक मञ्चमा समेत कोइराला र थापाबीच घोचपेच हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका विभिन्न क्षेत्रमा भारी वर्षा, सतर्क रहन मौसम विभागको आग्रह

ग्यास अभावमा नागरिक हैरान, बबरमहलमा वितरण थालिएपछि राहत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu