ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनौटमा नेपालको लगातार तेस्रो हार


admin
२७ फाल्गुन २०७४, आइतबार   ४ : १०   बजे

काठमाडौं, २७ फागुन । जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत् तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्काको सर्वाधिक ७५ रनको मद्दतमा निर्धारित ५० ओभरमा एक बलअगाडि अलआउट हुँदै १९४ रन जोडेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ रन बनाए भने ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान २३, २३ रन जोडे । अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले सवार्धिक ४, कप्तान रसिद खानले ३ तथा शापूर जर्दानले २ विकेट लिए । जवाफमा १९५ रनको चुनौती अफगानिस्तानले ३९औं ओभरमा ४ विकेट गुमाउँदै पूरा र्गयो । अफगानिस्तानका नाजिबुल्लाह जर्दान ५२ रनमा अविजित रहे ।

रहमत शाहले ४६, मोहम्मद नाबीले ३४ रन बनाएको अफगानी इनिङ्समा जावेद अहमदले २६ तथा कप्तान रसिद खानले २१ रनको योगदान गरे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र सन्दीप लामिछानेले समान १, १ विकेट लिए । समूह चरणमा यसअघि खेलेको तीनओटै खेलमा पराजित अफगानिस्तानले अन्तिम खेलमा नेपाललाई पराजित गरेसँगै ‘सुपर सिक्स’ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

लगातार तेस्रो हार व्यहोरेसँगै नेपालको भने सुपरसिक्स चरणमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ । नेपाल पहिलो खेलमा आयोजक जिम्बाब्वेसँग ११६ रनले तथा दोस्रो खेलमा स्कटल्यान्डसँग ४ विकेटले पराजित भएको थियो । समूहको अन्तिम खेलमा हङकङलाई पराजित गरे पनि नेटरनरेट निकै कमजोर भएका कारण नेपालको सम्भावना लगभग सकिएको हो । नेपालले समूहको अन्तिम खेलमा सोमबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीले त्रिशूली बजारलाई छिनभरमै बगर बनायो

रसुवा बाढी: कांग्रेसले विपद् व्यवस्थापन समिति गठन, राहत कोष स्थापना

सम्बन्धित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, दोस्रो जितको लक्ष्य

नेपाल ‘ए’ले आज एसीटीसँग खेल्दै, लगातार दोस्रो जितको लक्ष्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu