ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमान्डु लिग चरणबाटै बाहिरियो, पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिम भिड्ने


एबीसी न्यूज
१ पुस २०८१, सोमबार   १२ : ४५   बजे

काठमाडौं १ पुष ।   काठमान्डु गुर्खाज नेपाल प्रिमियर लिग एनपीएल को लिग चरणबाटै बाहिरिएको छ। सोमबार बिहान सम्पन्न खेलमा कर्णाली सुदूरपश्चिमसँग पराजित भए पनि नेटरनरेटमा अगाडी रहँदै प्लेअफमा पुगेको हो।

यो नतिजासँगै पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्। इलिमिनेटरमा चितवन र कर्णाली भिड्ने भएका हुन्।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमबिचको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्ने छ।

पहिलो संस्करणको एनपीएल फाइनलमा सुदूरपश्चिम र जनकपुरमध्ये एक टिम पुग्ने पनि पक्का भएको हो। दुवै टिमको भेट पनि फाइनलमा हुने सम्भावना छ। तर त्यसका लागि पहिलो क्वालिफायरमा पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

लिग चरणको अन्तिम खेलमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १२।२ ओभरमा भेटेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो। तर १२।२ ओभरमा सुदुरपश्चिमले लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफमा पुगेको हो।

दुवै टोलीको समान ८ अंक भए पनि नेटरनरेटमा अगाडी रहँदा कर्णालीले बाजि मारेको हो। कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।

सुदुरपश्चिमका लागि कप्तन दिपेन्द्रसिंह ऐरिले ३८ रनको योगदान दिए। ओपनर सैफ जैव ११ र विनोद भण्डारी ४ रनमा एलबीडब्लु धरापमा परे।

इसान पाण्डे ३८ र आरिफ शेख ४ रनमा नटआउट रहे। कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले अन्तिम बलमा अलआउट हुनुअघि १ सय १ रन बनाउँन सक्यो।

जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दिपेन्द्र सिंह ऐरिको बलमा ब्राण्डोन म्याकमुलेनको हातबाट क्याच आउट भए।

विलियम बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चाडविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के। कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे।

सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे । कप्तान दीपेन्द्र सिंह ऐरी, स्कट कुगेलिनले समान २ विकेट लिए। सैफ जैवले एक विकेट लिँदै समान्य लक्ष्यमा समेटेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group