ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडामा उपप्रधान तथा अर्थमन्त्री फ्रिल्यान्डको राजीनामा


एबीसी न्यूज
२ पुस २०८१, मंगलबार   १ : ०७   बजे

काठमाडौं २ पुष । क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिनुभएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन सक्ने करको मुद्दामा दुई जनाबीच मतभेद थियो । यो राजीनामा प्रधानमन्त्री ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको बीबीसीले जनाएको छ ।

ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आउनुभएको छ । फ्रिल्यान्डको ठाउँमा क्यानडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ । फ्रिल्यान्डले उपप्रधानमन्त्री पद छोडेपछि विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन् ।

ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा माग्नुभएको खबरमा उल्लेख छ ।

लिबरल पार्टीका नेता ट्रुडो पहिले नै सर्वेक्षणमा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभ्रेभन्दा २० प्रतिशतले पछि हुनुहुन्छ । सर्वेक्षणअनुसार पहिलो पटक प्रधानमन्त्री हुँदा ६३ प्रतिशत समर्थक रहेकामा अहिले ट्रुडोको २८ प्रतिशत मात्रै समर्थक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम

जाजरकोटमा पहिरो: ३ जना बेपत्ता, १० घाइते

सम्बन्धित

दक्षिण कोरियाले उत्तरसँग युद्ध अन्त्य गर्न वार्ताको प्रस्ताव राख्यो

इजरायल चुनावमा नेतन्याहुलाई आइजेनकोटको चुनौती, सर्वेक्षणमा चार सिटले पछाडि

तीन इरानी पाइलटलाई कतारले बन्दी बनाएको इरानको आरोप, दोहाको खण्डन

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu