ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : १५   बजे

 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा दिल्लीस्थित लालकिल्लाबाट राष्ट्रका नाममा सम्बोधन गर्दै सन् २०४७ सम्म भारतलाई विकसित राष्ट्र बनाउने संकल्प दोहोर्‍याएका छन्। लगातार १३औँपटक लालकिल्लाबाट सम्बोधन गरेका मोदीले करिब ७६ मिनेट लामो सम्बोधनमा सरकारका उपलब्धि, आर्थिक विकास, आत्मनिर्भरता, ऊर्जा सुरक्षा र आगामी नीतिका प्राथमिकता प्रस्तुत गरे।

मोदीले स्वतन्त्रता आन्दोलनका प्रमुख व्यक्तित्वहरूलाई स्मरण गर्दै उनीहरूले देखेको सपनाअनुसार भारतलाई अघि बढाउनुपर्ने बताए। युवा, महिला, किसान, गरिब तथा मध्यमवर्गीय परिवारलाई सरकारको प्राथमिकतामा राखिएको उनको दाबी थियो।

‘शक्तिको सप्तधारा’

सम्बोधनको प्रमुख विषयका रूपमा मोदीले विकसित तथा आत्मनिर्भर भारत निर्माणका लागि ‘शक्तिको सप्तधारा’को अवधारणा प्रस्तुत गरे। उत्पादन, कृषि तथा खाद्य सुरक्षा, प्रविधि तथा नवप्रवर्तन, पूर्वाधार तथा गतिशक्ति, रक्षा, हरित तथा निलो अर्थतन्त्र र सफ्ट पावरलाई उनले भारतको भावी विकासका प्रमुख आधारका रूपमा अघि सारे।

उत्पादन क्षेत्रमा डिजाइनदेखि उत्पादनसम्म भारतलाई विश्वव्यापी आपूर्ति शृंखलाको भरपर्दो केन्द्र बनाउने लक्ष्य उनले प्रस्तुत गरे। लागत, गुणस्तर र उत्पादन क्षमताका आधारमा विश्वस्तरीय मापदण्ड पूरा गर्नुपर्नेमा पनि जोड दिए।

आत्मनिर्भरता र आर्थिक विकास

मोदीले आफ्नो सरकारको १२ वर्षे कार्यकालमा भारतले तीव्र आर्थिक प्रगति गरेको दाबी गर्दै २५ करोड भारतीय गरिबीबाट बाहिरिएको बताए। रक्षा उत्पादन चार गुणा, खादी तथा ग्रामोद्योग पाँच गुणा र मोबाइल फोन उत्पादन ३३ गुणाले बढेको उनको दाबी छ।

डिजिटल कारोबार तथा पेटेन्ट स्वीकृतिमा पनि उल्लेखनीय वृद्धि भएको बताउँदै मोदीले ‘मेक इन इन्डिया’, ‘लोकल फर भोकल’ र ‘आत्मनिर्भर भारत’ अभियानलाई थप गति दिने बताए।

सेमिकन्डक्टर र ऊर्जा सुरक्षा

मोदीले भारतमा तीनवटा सेमिकन्डक्टर प्लान्ट स्थापना भई उत्पादन सुरु भएको र आगामी वर्षहरूमा थप प्लान्ट सञ्चालनमा आउने दाबी गरे। कृत्रिम बुद्धिमत्ता, डेटा सेन्टर र चिप उत्पादनका लागि ऊर्जा सुरक्षा महत्वपूर्ण रहेको उल्लेख गर्दै परमाणु ऊर्जा तथा नवीकरणीय ऊर्जामा आत्मनिर्भर बन्ने नीति अघि सारे।

उनले सौर्य ऊर्जाको क्षमता उल्लेख्य रूपमा बढेको, ग्यास आपूर्ति विस्तार भएको तथा रेलमार्ग विद्युतीकरणमा पनि ठूलो प्रगति भएको बताए।

नक्सलवादविरुद्ध अभियान

मोदीले नक्सलवाद र माओवादी हिंसाले भारतका लाखौँ युवाको भविष्य प्रभावित पारेको आरोप लगाए। सुरक्षाकर्मीको बलिदान स्मरण गर्दै उनले नक्सल तथा माओवादी हिंसा अन्तिम अवस्थामा पुगेको दाबी गरे।

तर जंगलमा हतियार बोकेका नक्सली कमजोर भए पनि ‘दिमागी नक्सल’ चुनौती अझै रहेको भन्दै उनले त्यसप्रति सचेत रहन आग्रह गरे।

किसानलाई राहत र ‘रिफर्म एक्सप्रेस’

विश्वव्यापी संकटका बाबजुद भारतले किसानलाई मल, ऊर्जा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउन सफल भएको मोदीको दाबी थियो। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढे पनि भारतीय किसानलाई सस्तोमा मल उपलब्ध गराइएको उनले बताए।

सन् २०४७ सम्म विकसित भारत निर्माण गर्न अब सुधारको गति अझ तीव्र बनाउनुपर्ने बताउँदै मोदीले भारत ‘रिफर्म एक्सप्रेस’मा अघि बढिसकेको उल्लेख गरे। आगामी पाँच वर्षमा विगतमा दशकौँ लागेका काम सम्पन्न गर्ने लक्ष्यसहित सुधारलाई निरन्तरता दिने उनको भनाइ थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि

दाइजो प्रथा अन्त्य गर्न सामूहिक प्रयास आवश्यक : उपसभामुख ठाकुर

सम्बन्धित

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu