ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजनको षड्यन्त्र भयो : विमलेन्द्र निधि


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ६ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्थामा पनि रहस्यमय ढंगले हस्ताक्षर र मिति घोषणा गरेर पार्टीमा चिरा पार्ने प्रयास गरिएको आरोप लगाउनुभएको छ।

कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै निधिले आक्रमणपछि अस्पतालमा उपचाररत सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न र महामन्त्रीद्वयलाई नेतृत्व हस्तान्तरण गर्न निरन्तर दबाब दिइएको दाबी गर्नुभयो। उहाँले यसलाई पार्टी कब्जा गर्ने योजनाका रूपमा व्याख्या गर्नुभएको छ।

निधिले ‘रूपान्तरण’, ‘पुस्तान्तरण’ र ‘हस्तान्तरण’ जस्ता शब्दप्रति आफूहरूको विमति नभए पनि नेतृत्व परिवर्तनको प्रक्रिया विधिसम्मत, स्थापित, स्वाभाविक र मर्यादित हुनुपर्ने बताउनुभयो।

नेतृत्व कब्जाको प्रयास भएको आरोप

राजनीतिक प्रतिवेदनमा रूपान्तरण वा नेतृत्व हस्तान्तरणका नाममा पार्टीभित्र असमझदारी बढाउने र पुस्तान्तरणको नाममा लामो समयदेखि योगदान गरेका नेताहरूलाई विधिविपरीत पन्छाउने प्रयास भइरहेको उल्लेख छ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व कब्जा गर्ने रणनीति अघि बढाइएको निधिको आरोप छ।

उहाँले यही प्रकरणबाट महामन्त्रीद्वयले कांग्रेसलाई विभाजित गर्ने, एकलौटी रूपमा पार्टी कब्जा गर्ने र नेताहरूको राजनीतिक तेजोवध गर्ने संगठित प्रयास सुरु गरेको दाबी गर्नुभएको छ।

सदस्यता नवीकरणप्रति आपत्ति

निधिले १५औँ महाधिवेशनका लागि निर्धारित समयभित्रै क्रियाशील सदस्यता नवीकरण गरिसकेका सदस्यलाई पुनः अद्यावधिक गर्न दबाब दिइएको भन्दै आपत्ति जनाउनुभयो।

उहाँले एउटै महाधिवेशनका लागि दोहोरो सदस्यता नवीकरणको व्यवस्था आवश्यक नरहेको बताउँदै निर्धारित प्रक्रियाविपरीत अद्यावधिकका नाममा दबाब दिन नहुने धारणा राख्नुभयो।

सर्वोच्चको पुनरवलोकन अनुमतिको स्वागत

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई निधिले स्वागत गर्नुभएको छ।

उहाँले सर्वोच्चको उक्त निर्णयले पार्टीभित्रको विवादमा थप स्पष्टता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी

मोदीले दिए प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता

Nepal’s Communications Minister Inspects Landslide-Hit Nuwakot District

Nepal Finance Minister Courts Diaspora Investment

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu