ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोदीले दिए प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता


ABC NEWS
३० श्रावण २०८३, शनिबार   ७ : १५   बजे

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिँदै नेपाल र भारतबीचको बहुआयामिक तथा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री शाहले शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिएका थिए। शुभकामना सन्देशमा शाहले नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकटता तथा सहकार्य आगामी दिनमा अझ बलियो हुँदै जाने विश्वास व्यक्त गरेका थिए।

शाहले लेखेका थिए, ‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्।’

प्रधानमन्त्री शाहको उक्त सन्देशको जवाफ दिँदै मोदीले न्यानो शुभकामनाका लागि धन्यवाद दिएका हुन्।

मोदीले एक्समा लेखेका छन्, ‘प्रधानमन्त्री वालेन्द्र शाह, तपाईंका न्यानो शुभकामनाका लागि धन्यवाद।’

उनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको पनि बताएका छन्। मोदीका अनुसार दुई देशबीचको सम्बन्ध केवल कूटनीतिक वा राजनीतिक तहमा सीमित नभई बहुआयामिक तथा युगौँ पुरानो सभ्यतागत सम्बन्धमा आधारित छ।

‘हामी हाम्रा देशका जनताको आपसी समृद्धि र कल्याणका लागि भारत र नेपालबीचको बहुआयामिक तथा युगौँ पुरानो सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ मोदीले भनेका छन्।

प्रधानमन्त्री शाह र मोदीबीचको पछिल्लो सार्वजनिक संवादले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा थप सहकार्य र पारस्परिक हितका विषयमा अघि बढाउने संकेत दिएको छ। विशेषगरी दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई आधार बनाएर आर्थिक विकास, पूर्वाधार, व्यापार तथा अन्य क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय महत्वपूर्ण रहने देखिन्छ।

भारतले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। यही अवसरमा नेपालका प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Five Injured in Shooting at Virginia State University; Investigation Underway

Afghanistan’s Taliban Face Persistent Armed Opposition Five Years After Return to Power

China’s Rural Areas See Economic Boost Through Tourism and Cultural Preservation

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

मुक्तिनाथमा भक्तजनले चढाएको भेटी ११ करोड ७६ लाखभन्दा बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu