ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति


एबीसी न्यूज
७ पुस २०८१, आइतबार   १० : ३५   बजे

काठमाडौं ७ पुस । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा संलग्न एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार वार्तामा ९० प्रतिशत प्रगति भएको छ तर, केही मुख्य मुद्दाहरूमा समाधान बाँकी रहेको छ ।

इजिप्टको सीमामा रहेको दक्षिणी गाजाको रणनीतिक रूपमा महत्त्वपूर्ण भूभाग फिलाडेल्फिया कोरिडोरमा इजरायली सेनाको निरन्तर उपस्थिति हटाउने विषयमा सहमति हुन नसकिरहेको प्यालेस्टाइनले जनाएको छ ।

कतारको दोहामा भइरहेको छलफलको गाजासँगको इजरायलको सीमाको बफर जोनको लम्बाई बढाउने विषय पनि समावेश छ । यो क्षेत्रमा इजरायली सेना खटिनेछ । यी मुद्दाहरूको समाधान भएपछि, तीन चरणको युद्धविरामबारे केही दिनभित्रै सहमति हुन सक्ने वार्ताकारले बताएका छन् ।

सम्झौता भएपछि इजरायलले हरेक दिन २० जना प्यालेस्टाइनी कैदी रिहा गरेवापत हमासले एक जना इजरायली महिला सैनिकको रिहाई गर्नेछ । इजरायलमा २५ वर्षभन्दा धेरै समय जेल सजाय भोगिरहेका झन्डै चार सय जना कैदीलाई छुटाउनुपर्नेछ । गाजामा ९६ जना बन्धकहरूमध्ये ६२ जना अझै जीवित रहेको इजरायलले अनुमान गरेको छ ।

यस्तै इजिप्ट र कतारको निगरानीमा उत्तरी गाजामा नागरिक फर्कन पाउने छन् र गाजामा हरेक दिन पाँच सय ट्रकका दरले सहायता सामग्री लैजान दिइनेछ । तीन चरणको योजनाको अन्तिम चरणमा १४ महिनाको युद्धको अन्त्य घोषणा हुनेछ । अमेरिकाले पनि गाजा युद्धविरामको लागि नयाँ प्रयास शुरु गर्ने बताएको छ । जसले गर्दा युद्ध रोकिने आसा पलाएको अधिकारीहरुले बताएका छन् ।

गएको वर्षको अक्टोबरमा हमासले १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेको थियो, भने दुई सय ५१ जनाको अपहरण गरेको थियो । त्यसको जवाफमा इजरायलले गाजा ध्वस्त पारेको छ भने ४५ हजार जनाको ज्यान गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu