ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ महिनामै सरकारले लियो झण्डै २ खर्ब ऋण, डेढ खर्ब भुक्तानी


एबीसी न्यूज
७ पुस २०८१, आइतबार   १ : ५३   बजे

काठमाडौं ७ पुस । सरकारले चालू आर्थिक वर्षको ५ महिनामा १ खर्ब ९२ अर्ब रुपैयाँ ऋण लिएको छ।  चालू आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा मंसिर मसान्तसम्म ५८ अर्ब ३१ करोड थप भएको हो।

सरकारले मंसिर मसान्तसम्म १७ अर्ब रुपैयाँ वैदेशिक ऋण लिएको छ। ५ महिनामा सरकारले १ खर्ब ४४ अर्ब रुपैयाँ भुक्तानी गरेको छ। अब सरकारले २४ खर्ब ९२ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ।

कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण दायित्व १२ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण दायित्व १२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ। ५ महिनामा ३५।१५ प्रतिशत ऋण उठाएको छ। यसमा आन्तरिक ऋण लक्ष्यको ४९।७० प्रतिशत उठाइसकेको छ भने वैदेशिक ऋण १३ प्रतिशत मात्रै प्राप्त गरेको छ।

चालू आर्थिक वर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ३ अर्ब बजेट विनियोजन भएकोमा मंसिरसम्म १ खर्ब ७० अर्ब ५९ करोड भुक्तानी भएको छ। वार्षिक बजेट विनियोजनको आधारमा ४२।३५ प्रतिशत हो। बाँकी बजेट २ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ।

आन्तरिक ऋण भुक्तानी ३ खर्ब ३६ अर्ब रुपैयाँ बजेटमा उल्लेख गरिएकोमा मंसिर मसान्तसम्म खर्च १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ। बाँकी १ खर्ब ८७ अर्ब रुपैयाँ बाँकी छ।

यसमा सावाँ तिर्नको लागि २ खर्ब ४५ अर्ब रुपैयाँ छुट्टाइएकोमा १ खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ। ब्याज भुक्तानीमा ९१ अर्ब रुपैयाँ छुट्टाइएको छ। जसमा २० अर्ब रुपैयाँ ब्याज भुक्तानी गरेको छ। जुन बजेटको ३१।७६ प्रतिशत खर्च भएको छ।

बाह्य ऋण भुक्तानीमा ६५ अर्ब ८९ करोड रुपैयाँ छुट्टाइएकोमा २० अर्ब ९३ करोड रुपैयाँ छ। बैदेशिक ऋणको सावाँ भुक्तानी ५३ अर्ब ९४ करोड छुट्टाएकोमा १७ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको छ।

बाह्य ब्याज भुक्तानी ११ अर्ब ९५ करोड छुट्याएकोमा ३ अर्ब ६१ करोड रुपैयाँ छ।

कुल सावाँ खर्चको लागि २ खर्ब ९९ अर्ब रुपैयाँ छुट्याएकोमा १ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ। ५ महिनामा जम्मा ब्याज तिर्न १ खर्ब ३ अर्ब रुपैयाँ छुट्याएकोमा २६ अर्ब रुपैयाँ तिरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu