ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देवघरमा आयोजित अन्तर्राष्ट्रिय मिथिला सम्मेलनमा डा.राजीव झालाई ‘मिथिला रत्न’ सम्मान प्रदान


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   २ : २०   बजे

काठमाडौं ८ पुस ।   अन्तर्राष्ट्रिय मिथिला सम्मेलन भव्य रूपमा देवघरमा सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले आयोजित यस सम्मेलनमा नेपालको तर्फबाट सामाजिक कार्यका अतुलनीय योगदान पुर्याएको वापत डा.राजीव झालाई ’मिथिला रत्न’ सम्मान प्रदान गरिएको छ।

क्लोथ बैंक नेपाल र खुला सिमा संवाद समूहका अध्यक्ष झालाई यो सम्मान मिथिलाञ्चलको सामाजिक सेवा र मानवताका क्षेत्रमा पु¥याएको योगदानका लागि प्रदान गरिएको हो।

सम्मान समारोहमा विद्यापति सेवा संस्थानका अध्यक्ष डा। बैद्यनाथ चौधरी बैजु बाबुले राजीव झाको अथक प्रयास र समर्पणको प्रशंसा गर्दै उनको समाजसेवाले स्थानीय क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याएको बताए।

विशेषगरी गरीबी निवारण, कोभिड महामारीको समयमा निःशुल्क औषधि, अक्सिजन सिलिन्डर, अक्सिजन कन्स्ट्रक्सन उपलब्ध गराउनु, डाक्टरहरूको टोलीमार्फत निःशुल्क सेवा पु¥याउनु, सीमावर्ती क्षेत्रका समस्याहरू समाधान गर्ने पहल र नेपाल–भारतको खुला सिमानाका पक्षमा उनले पु¥याएको योगदानलाई उल्लेखनीय मानिएको छ।

कार्यक्रममा बैधनाथधामका सरदार पंडा बैद्यनाथ पंडा, धर्म रक्षणी महासभाका महासचिव, झारखण्ड सरकारका पूर्व मन्त्री राज पलिवार, बेनिपुर विधान सभाका विधायक बिनय कुमार चौधरी,सिएम साइन्स कलेज दरभंगाको प्रीन्सपल दिलिप चौधरी, प्रख्यात साहित्यकार चन्द्रमोहन झा परवा०, प्राध्यापक चन्द्रशेखर झा बुरहा भाइ०, तथा अन्य प्रबुद्ध व्यक्ति, पत्रकार, सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

डा।राजीव झाले सम्मान ग्रहण गर्दै यो उपलब्धि आफ्नो आमा, बुवा, श्रीमती सोनी देवि झा, छोरा, छोरी दाइ, भाउजू, भाइ, बुहारी एबं समस्त परिवार, संस्थाका सम्पूर्ण पदाधिकारी र शुभचिन्तकहरूको सहयोगको परिणाम भएको बताए ।

साथै, उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाजसेवामा समर्पित हुने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu