ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्की अदालतमा छविसँग ३ घण्टा बयान, रविको पालो आएन !


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   ७ : ०४   बजे

 

 

पोखरा ८ पुस सोमबार । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत कास्कीमा अभियोगपत्र दर्ता गरेपछि सोमबारदेखि सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा प्रतिवादीहरूसँग बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासमा सोमबार छविलाल बञ्जाडे जोशीसँग बयान लिइएको हो ।

छविसँगको बयान निरन्तर रहेको र सोमबार नसकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

‘बयान सुरु भएको छ । उहाँ ९छवि०सँग पनि बयान सकिएको छैन,’ उनले भने । छविको सकेपछि मात्रै अन्य प्रतिवादीको बयान लिइने उनको भनाई छ । ‘अरूको हकमा प्रवेश नै भएको छैन । पहिलो सकिएपछि बिस्तारै अरूको सुरु हुने हो,’ उनले भने । बयानका लागि छविसँगै रास्वपा सभापति रवि लामिछाने, जीबी राई निकट कर्मचारी लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङलाई अदालत लगिएको थियो ।

छविकै बयान बाँकी रहेपछि सबैलाई दिनभर अदालतमा राखेर कास्की प्रहरीको हिरासतमै फर्काइएको छ । सूर्यदर्शन सहकारीको सबै मुद्दा थुनछेक बहससम्म अब उनै न्यायाधीश राईको इजलासमा हुनेछ । ‘यसको आदेश नआउँदासम्म ७ नम्बर इजलासमा बयान र बहस हुन्छ,’ अधिकारीले भने, ‘सुरुमा सबैसँग बयान सकेर थुनछेक बहस चलाउने हो ।’ सहकारीको रकम अपचलन, संगठीत अपराध र सम्पत्ति शुद्धीकरणसहित राष्ट्र बैङ्क ऐन कसूरमा कम्पनी र व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।

६३ प्रतिवादीमध्ये १९ जनालाई संगठित अपराध र ५ जनालाई सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरिएको छ । अन्य ५ जनाको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको सरकारी वकिल कार्यालयले जनाएको छ । मंगलबार पनि अदालत खुल्ने बित्तिकै बयान सुरु हुने अदालतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group