ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार ११ बुँदे सहमतिबाट पछाडि हट्न खोज्यो- सिके राउत


एबीसी न्यूज
९ पुस २०८१, मंगलबार   ११ : ३२   बजे

काठमाडौं ९ पुस । जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकार आफूहरुसँग भएको सहमतिबाट पछाडि हट्न खोजेको बताएका छन् । प्रतिनिधि सभामा विचाराधीन केही नेपाल ऐन संशोधन० विधेयकको दफा ६४ फिर्ता लिने सरकारको निर्णयले यही संकेत गरेको उनको भनाइ छ ।

विधेयकको दफा ६४ मा सशस्त्र द्वन्द्व वा भूमिगत रहेको राजनीतिक शक्ति शान्तिपूर्ण राजनीतिमा आए जुनसुकै अदालतको जुनसुकै तहमा रहेको मुद्दा फिर्ता लिन सक्ने व्यवस्था छ । यो व्यवस्था आफूहरूसँगको सहमति कार्यान्वयन गर्नका ल्याइएको जनमत पार्टीका अध्यक्ष राउतले बताए ।

‘केही नेपाल ऐनको दफा ६४ फिर्ता लिनु भनेको सरकार राजनीतिक सहमतिबाट पछाडि हट्नु हो, सहमतिप्रति वेइमानी गर्नु हो’ अध्यक्ष राउतले  भने ।

२०७५ साल फागुन २४ गते सीके राउत नेतृत्वको पार्टी र तत्कालीन सरकारबीच ११ बुँदे सहमति भएको थियो । त्यसबेला प्रधानमन्त्रीमा केपी शर्मा ओली नै थिए भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ थिए ।

 

११ बुँदे सहमतिमा आफ्नो पार्टीका नेतारकार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने विषय रहेको तर हालसम्म यो पूर्णतः कार्यान्वयन हुन नसकेको अध्यक्ष राउत बताउँछन् ।

त्यसबेला अध्यादेश ल्याएर वा कानुन बनाएर सहमति कार्याँवयन गर्ने पनि सहमति भएको उनले बताए ।

‘कानुन वा अध्यादेश ल्याएर सहमति सम्बोधन गर्ने भन्ने थियो । एक पटकको लागि मुद्दाहरु फिर्ता लिने भन्ने थियो । तर, यो कार्यान्वयन हुन सकिरहेको छैन । बनाउन लागिएको ऐनबाट पनि ब्याक हुनु भनेको त बेइमानी हो’ राउतले भने ।

प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाले विप्लव र सीके राउत नेतृत्वको पार्टीका नेता–कार्यकर्ताहरुको फिर्ता लिन सकिने मुद्दा फिर्ता लिइसकेको बताएका थिए । यस्तो अभिव्यक्तिमा पनि राउतको आपत्ति छ ।

‘हाम्रा नेतारकार्यकर्ताको अदालतमा रहेको एउटा पनि मुद्दा फिर्ता भएको छैन । यो बेला बन्न लागेको कानुन नबनाउने र मिल्ने मुद्दा फिर्ता लिइसकेको जस्ता अभिव्यक्ति दिने कुराले हामीलाई गम्भीर तुल्याएको छ’ राउतले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu