ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादकै बीच ओलम्पिक कमिटीमा उम्मेदवारी दर्ता, अध्यक्ष र उपाध्यक्षबाहेक सबै निर्विरोध (सूची)


एबीसी न्यूज
९ पुस २०८१, मंगलबार   ११ : ४६   बजे

काठमाडौं ९ पुस । नेपाल ओलम्पिक कमिटी एनओसी मा विवादकै बीच उम्मेदवारी दर्ता गराइएको छ।  सोमबार राति अनलाइनबाट गरिएको उम्मेदवारी दर्ताअनुसार अध्यक्ष र उपाध्यक्षबाहेक सबै पद निर्विरोध भएका छन्।

अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ। जसमा हालका अध्यक्ष जीवनराम श्रेष्ठ पनि छन्। निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले पनि अध्यक्षमा दाबी गरेका छन्।

उपाध्यक्षमा ७ सिटका लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। ज्योति राणा, गोपालसुन्दर लाल कक्षपति, प्रकाशशमशेर राणा, दावा गुरुङ, अनिलप्रसाद शर्मा, तुल्सी थापा, अशोकरत्न बज्राचार्य र चतुरानन्दराज वैद्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

महासचिवमा राजीव श्रेष्ठको मात्र उम्मेदवारी परेको छ। यस्तै कोषाध्यक्षमा टासी घले र उपमहासचिवमा रामजीबहादुर श्रेष्ठको एकल उम्मेदवारी परेको छ। तीन सचिवका लागि रमेशप्रसाद शिवाकोटी, भीमसिंह गुरूङ र रामकृष्ण श्रेष्ठले नाम दर्ता गराएका छन्।

पाँचजना सदस्यमा गीता क्षत्री राणा, लाक्पा छिरिङ लामा, राम अवाले, मनीष जोशी र जितेन्द्रबहादुर चन्द छन्।

मतदानको दिन शनिबार तोकिएको छ।

निर्वाचन समितिले यस उम्मेदवारको सूचीमा दाबी(विरोध परेमा आवश्यक छानबिनपछि अन्तिम नामावली सार्वजनिक गर्नेछ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले तेस्रो कार्यकालका लागि आफै निर्वाचित हुन सक्ने गरी विधान संशोधन गर्न लागेको भन्दै असन्तुष्ट पक्ष उच्च अदालत पाटनमा रिट लिएर पुगेको थियो। विधान संशोधनका लागि मंसिर १८ गते विशेष अधिवेशनको तयारी भइरहेका बेला उच्च अदालतले अन्तरिम आदेश दिएर रोक्न भनेको थियो।

तर, उक्त आदेश प्राप्त नहुँदै विशेष अधिवेशन गरी विधान संशोधन भइसकेकाले संशोधित विधानअनुसारै निर्वाचन गराउनुपरेको श्रेष्ठ पक्षको तर्क छ। तर, अदालतको आदेश उल्लंघन हुने गरी मनोनयन दर्ता प्रक्रिया अघि बढाउन लागेको गुनासो पुगेपछि स्थानीय प्रशासनले बिहानैदेखि ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको कार्यालय नियन्त्रणमा लिएको थियो।

भौतिकरूपमा मनोनयन दर्ताको प्रक्रिया अघि बढाउन नसकेपछि अनलाइनबाट उम्मेदवारी दर्ता गराइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu