ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युदण्डमा सजाय माफीका लागि बाइडेनमाथि ट्रम्पको आलोचना


एबीसी न्यूज
१० पुस २०८१, बुधबार   ९ : ४१   बजे

काठमाडौं १० पुस । डोनाल्ड ट्रम्पले मङ्गलबार जो बाइडेनले लगभग सबै अमेरिकी सङ्घीय मृत्युदण्डका कैदीहरूको सजाय घटाएको विषयमा आक्रोश व्यक्त गर्नुभएको छ । निर्वाचित राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमा डेमोक्रेट राष्ट्रपति बाइडेनको स्थान लिने तयारीमा हुनुहुन्छ ।

राष्ट्रपति बाइडेनले आफ्नो कार्यकालको अन्तिम महिनामा सोमबार सङ्घीय मृत्युदण्डको प्रतीक्षामा रहेका ४० कैदीमध्ये ३७ जनाको मृत्युदण्डको सजायलाई प्यारोल बिनाको आजीवन कारावासमा परिवर्तन गर्ने घोषणा गर्नुभयो ।

तीमध्ये साथी कैदीहरूको हत्या गरेको अभियोगमा नौ, बैंक डकैतीका क्रममा भएको हत्याको अभियोगमा चार र जेल गार्डको हत्या गर्ने एक जना थिए ।

“जो बाइडेनले भर्खरै हाम्रो देशका ३७ जना सबैभन्दा खराब हत्याराको मृत्युदण्ड परिवर्तन गर्नुभएको छ”, ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्नुभयो, “जब तपाईं प्रत्येकका कार्यहरू सुन्नुहुन्छ, उहाँले यस्तो गर्नुभयो भन्ने विश्वास नै गर्न सक्नुहुन्न । कुनै अर्थ छैन । आफन्त र साथीहरू अझै विचलित छन् । उनीहरूलाई यस्तो भइरहेको विश्वास नै लाग्दैन १”

बाइडेनले सङ्घीय मृत्युदण्डमा रोक लगाउनुभएको थियो तर जनवरी २० मा ह्वाइट हाउस छाड्नुअघि थप कार्य गर्न दबाबमा हुनुहुन्थ्यो किनभने रिपब्लिकन ट्रम्पले अभ्यास पुनः सुरु गर्ने सङ्केत दिनुभएको थियो ।

सन् २०१३ को बोस्टन म्याराथन बम विस्फोटका एक आरोपी, सन् २०१८ मा ११ जना यहुदी उपासकहरूको हत्या गर्ने एक बन्दुकधारी र सन् २०१५ मा नौ जना अश्वेत चर्चका भक्तजनहरूको गोली हानी हत्या गर्ने एक श्वेत सर्वोच्चतावादी गरी तीन जनालाई यो निर्णयबाट बाहिर राखिएको थियो ।

“कुनै भ्रम नराख्नुहोस्स् म यी हत्याराहरूको निन्दा गर्दछु, उनीहरूको घृणित कार्यको पीडितहरूका लागि शोक गर्दछु, र अकल्पनीय र अपूरणीय क्षति भोगेका सबै परिवारहरूका लागि पीडा महसुस गर्दछु”, बाइडेनले सोमबार भन्नुभयो, “तर मेरो विवेक र अनुभवले मार्गदर्शन गरेअनुसार।।। म पहिलेभन्दा बढी विश्वस्त छु कि हामीले सङ्घीय स्तरमा मृत्युदण्डको प्रयोग रोक्नुपर्छ । सद्विवेकले म पछाडि खडा हुन सक्दिनँ र नयाँ प्रशासनलाई मैले रोकेको मृत्युदण्ड पुनः सुरु गर्न दिन्नँ ।” राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu