ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल


एबीसी न्यूज
१० पुस २०८१, बुधबार   १० : ४१   बजे

काठमाडौं १० पुस । किसान सूचीकरणको प्रभावकारी कार्यान्वयनको विषयमा राष्ट्रिय किसान आयोगले सरोकारवाला निकायसँग छलफललाई तीव्र पारेको छ । आयोगले देशका विभिन्न ठाउँमा अन्तरक्रियात्मक छलफल गरिरहेको छ ।

मुख्यगरी पालिकासँग आयोगले समन्वयात्मक सम्बन्ध स्थापित गर्दै नीतिगत तहमा किसानका समस्याबारे प्राप्त जानकारी पुर्‍याउने उद्देश्य राखेको छ । पालिकामा किसान सूचीकरण कार्यक्रमको वर्तमान अवस्था, समस्या र चुनौती र यसमा उठ्ने गरेका सवालबारे हिजो रुपन्देहीको भैरहवामा छलफल कार्यक्रम गरिएको छ ।

छलफल कार्यक्रममा रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका सरोकारवाला निकायका प्रतिनिधिको सहभागीता रहेको थियो ।

कार्यक्रममा आयोगका सदस्य सूर्यप्रसाद खनाल, पुष्पा भुसाललगायतले किसानको वर्गीकरण गरी परिचयपत्र जारी गर्ने र त्यसैको आधारमा राज्यबाट प्रवाह हुने कृषिसँग सम्बन्धित सम्पूर्ण सेवा–सुविधा उपलब्ध गराउने सरकारको लक्ष्य रहेकोबारेमा जानकारी गराउनुभएको थियो ।

सबै पालिकाले किसान सुचीकरण कार्यक्रम प्रभावकारी सञ्चालन गर्न तथा वर्गीकरणसमेत गरी परिचयपत्र वितरण गर्न राष्ट्रिय किसान आयोगको निरन्तर आग्रह गर्दै आएको छ । आफ्नो पायक पर्ने वडा कार्यालय वा सम्बन्धित पालिका तहमा सम्पर्क गरी सुचीकृत हुन सकिन्छ ।

चालु आर्थिक वर्षमा ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर ४१ लाख ३० हजार कृषक घरधुरीमध्ये ३० लाख कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत गर्ने लक्ष्य लिएको हो ।

कृषि पेशारव्यवसायमा संलग्न रहेका किसानले सरकारबाट उपलब्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसान सूचीकरण सङ्केत नम्बर अनिवार्य रहेकोले सफ्टवेयरमा आबद्ध हुनु आवश्यक छ । किसान सूचीकरण नम्बर प्राप्त गर्न किसान सूचीकरण व्यवस्थापन प्रणालीमा तोकिएको विवरण भर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu