ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा ३ सवारी साधन आपसमा ठोकिँदा ८ जना घाइते


एबीसी न्यूज
१० पुस २०८१, बुधबार   १ : १५   बजे

काठमाडौं १० पुस । बुधबार बिहान हङकङको साइकुङस्थित क्लियर वाटर बे रोडमा तीन सवारीसाधन एकापसमा ठोकिँदा आठ जना घाइते भएका छन्।

बिहान करिब १ बजे पुरानो क्लियर वाटर बे रोडबाट नाउचि वानतर्फ गुडिरहेका दुई वटा सेडान र नयाँ क्लियर वाटर बे रोडमा गुडिरहेको ट्रक चौबाटोमा ठोकिएका हुन्। दुर्घटनामा ४ पुरुष र ४ महिला घाइते भएका छन्।

सुरुमा ट्रक सेतो सेडानसँग ठोकिएर कालो सेडानलाई ठक्कर दिन पुगेको थियो। ठोकिँदा तीन वटै सवारी साधन चौबाटोमा रोकिएका थिए।

 

दुर्घटनाका कारण चोइवान स्टेट नजिकै साइकुङतर्फ जाने सबै ट्राफिक लेन अस्थायी रूपमा बन्द गरिएका थिए।

स्रोतका अनुसार कालो सेडानमा सवार ६ र सेतो सेडानमा सवार २ जना घाइते भएका हुन्। उनीहरू सबै होसमा रहेको बताइएको छ। उनीहरूलाई एम्बुलेन्सद्वारा युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो।

ट्राफिक संकेत उल्लङ्घनका कारण दुर्घटना भएको हुनसक्ने अधिकारीहरूको प्रारम्भिक अनुमान छ। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ९द स्ट्यान्डर्ड०

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

मोदीको १३औँ स्वतन्त्रता दिवस सम्बोधन : ‘सप्तधारा’मार्फत विकसित भारत बनाउने घोषणा

होर्मुज जलडमरुमध्यलाई अमेरिकी भूभाग बनाउने ट्रम्पको दाबी, इरानको कडा जवाफ

होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र बनाउने ट्रम्पको दाबी, इरानको कडा प्रतिवाद

आर्कटिकमा रुस–चीन सहकार्य तीव्र, प्रतिबन्धित रुसी एलएनजी चीन पुर्‍याउन नयाँ समुद्री मार्ग

मोदीद्वारा भारतको नयाँ भिजन ‘सप्तधारा’ घोषणा

भारतीय दूतावासमा मनाइयो भारतको ८०औँ स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu