ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषामा महिलाको हत्या गरेर गाडेको शव उत्खनन, पति शंकाको घेरामा


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   १२ : २३   बजे

काठमाडौं ११ पुस । धनुषामा हत्या गरेर गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।  मिथिला नगरपालिका(३ हरिहरपुरस्थित मुसहरी टोल निवासी ५० वर्षीया रेशमीदेवीको शव फेला परेको हो।

उनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

रेशमीदेवीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै पति ५५ वर्षीय दशैया मुखिया बिनलाई पक्राउ गरेको छ।

गएको मंगलबार रातिदेखि हराइरहेकी रेशमीदेवीको खोजतलास गर्ने क्रममा बुधबार साँझ गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले जानकारी दिए।

‘प्रारम्भिक अनुसन्धानको क्रममा घरायसी विवादको क्रममा हत्या भएको देखिन्छ,’ उनले नेपालखबरसँग भने, ‘हामीले आरोपीलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान अघि बढाएका छौँ।’

गाडिएको ठाउँमा शव निकालेर प्रहरीले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगेको छ।

दशैयाले सधैँ रक्सी खाएर पत्नीलाई कुटपिट गर्दै आएका छिमेकीले बताएका छन्। घरमा पतिपत्नी र बुहारी बस्दै आएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu