ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीमा पार्टीगत ट्रेड युनियन खोल्न दिनै हुन्न – कांग्रेस प्रमुख सचेतक


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   २ : ५३   बजे

काठमाडौं ११ पुस । सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निजामती कर्मचारीमा राजनीतिक दलका ट्रेड युनियन खोल्न दिनै नहुने बताएका छन् । कांग्रेस पार्टीको धारणा नै कर्मचारीतन्त्रमा राजनीतिक दलका ट्रेड युनियन खोल्न नहुने रहेको घिमिरेले स्पष्ट पारे ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि पार्टीको धारणा राख्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले सरकारबाट तलब खानेहरूले पार्टीगत ट्रेड युनियनमा सहभागी हुन नहुने बताए । निजामती सेवामा ट्रेड युनियन पार्टीगत त खोल्न दिनै हुँदैन । सरकारी पे रोलमा रहेकाले कुनै पनि संगठन खोल्न मिल्दैन, उनले भने ।

सरकारबाट तलब खानेहरूले पार्टीगत संगठन खोलेर सरकारको जग्गा र बजेटमा भवन निर्माण गरेर ट्रेड युनियन खोल्न दिइएको भन्दै उनले आपत्ति जनाए । उनले आफ्नो कांग्रेस पार्टीको आधिकारीक धारणा रहेको स्पष्ट पारे ।

यो ट्रेड युनियन, पार्टीगत ट्रेड युनियन हटाउन पर्‍यो । राख्ने भए एउटा आधिकारिक ट्रेड युनियन राख्नुपर्छ त्यसमा पनि शाखा अधिकृत तहकालाई बस्न दिनुहुन्न, उनले भने, नीति निर्माणको तहमा रहेकालाई रहेकालाई ट्रेड युनियनमा बस्न दिनहुन्न । नीति निर्माण गर्ने तहमा पनि बस्ने अनि ट्रेड युनियनको मजदुर पनि भएर बस्न पाइन्छ रु पार्टीगत ट्रेड युनियन हटाउनुपर्छ ।

शाखा अधिकृतभन्दा तल्लो तहकालाई मात्रै ट्रेड युनियनमा राख्नुपर्ने प्रमुख सचेतक घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu