ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९२ लाखसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक कारागारबाट भागेका कैदी


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ३ : ३६   बजे

काठमाडौं ११ पुस । ९२ लाख नगदसहित पक्राउ परेका तीन मध्येका मुख्य व्यक्ति रवि धमला सिन्धुलाल्चोकस्थित चौतारा कारागारबाट भागेका व्यक्ति रहेको खुलेको छ ।

दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । यसका मुख्य व्यक्ति रवि धमला रहेको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरेको कमान्डमा खटिएको टोलीले ९२ लाख रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका धमलासँगै रसुवा घर भएका जीतबहादुर तामाङ र सङ्‍खुवासभा घर भएका सन्तोष खाती छन् ।

 

तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको थियो । उनीहरू काठमाडौंको लोलाङ र जोरपाटीबाट पक्राउ परेका हुन् । यो समूह तस्करीको सुन कारोबार गर्ने गरेको प्रहरीले आशंका गरेको छ ।

‘अवैध सुन खरिद बिक्रीको रकम भएको आशंकामा अनुसन्धान गरिरहेका छौं । प्रारम्भिक अनुसन्धानमा यसको नेक्सस सुनसँग देखिन्छ,’ अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई भन्छन् ।

पक्राउ परेका मध्ये धमलाको जोरपाटी र रसुवामा सुन पसल रहेको समेत खुलेको छ । उनै धमला यसअघि मानव बेचबिखनको कसुरमा कारागार चलान भएको व्यक्ति समेत रहेको खुलेको छ । उनी पक्राउ परेपछि क्रिमिनल रेकर्ड सिस्टम ९सीआरएस० जाँच गर्दा उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ ।

आफ्नै श्रीमती बेचेको आरोपमा माइतीपक्षले उनीविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेर उनीमाथि मुद्दा चलाएको थियो । त्यसपछि उनी कारागार चलान भएका थिए ।

सिन्धुपाल्चोकस्थित चौतारा कारागारमा रहेका बेला २०७२ को भूकम्पले कारागार भत्काएपछि उनी फरार भएको समेत खुलेको छ । बाँकी कैद भुक्तान गरेरनगरेका भन्नेबारेमा भने बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । यद्यपि धमलाले भने पुनः कैद बसेको दाबी प्रहरी समक्ष गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सार जाँचपासबिनै जोमसोम पुगेका ८ कन्टेनर प्रहरी नियन्त्रणमा

पार्टी छाड्नुस्, अनुशासनमा बस्नुस् : ओलीको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu