ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव र माओवादीबीच एकताको बाधकका रूपमा मलाई प्रचार गरियो – जनार्दन शर्मा


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ३ : ३९   बजे

काठमाडौं ११ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ र आफ्नो पार्टी माओवादीबीच एकताको बाधकका रुपमा प्रचार गरिए पनि त्यो सत्य नभएको बताएका छन्।

चिनियाँ नेता माओ दिवसमा अवसरमा राजधानीको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा शर्माले भने, ‘पछिल्लो समय हाम्रो सम्बन्धमा थोरै कालो बादल लगाउने कोसिस गरिएको थियो। त्यो सत्य थिएन।’

त्यो सत्य होइन भन्नेमा आफू र विप्लव स्वयं पनि पहिलेदेखि नै प्रष्ट रहे पनि कपिलवस्तु र ललितपुरको हरिसिद्धिमा भएको छलफलबाट भ्रम चिरिएको उनको भनाइ छ।

‘एक महिनाअघि कपिलवस्तुमा उहाँको निवासमा गएको थिएँ, हामीले केही संक्षिप्त कुराकानी गर्‍यौं,’ शर्माले भने, ‘विप्लव र माओवादीबीच एकताको बाधकका रुपमा चर्चा गरियो। तर, हामीबीचमा हामी कम्युनिष्ट एकतालाई अघि बढाउन चाहान्छौं भन्नेमा हामी कुनै भ्रममा थिएनौं।’

उनले थपे, ‘कपिलवस्तु र हरिसिद्धिमा भएको छलफलबाट हामी थप प्रष्ट भयौं।’  शर्माले कम्युनिष्ट आन्दोलनको तेस्रो पुर्नगठन आवश्यक रहेकोमा समेत जोड दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu