ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजलासमा रविको बयान सुरु


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ३ : ४५   बजे

काठमाडौं ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा सुरु भएको छ।   पोखराको सूर्यदर्शन सहकारी ठगीमा प्रतिवादी बनाइएका लामिछानेको बयान बिहीबार दिउँसो सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए।

यो मुद्दामा न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रक्रिया अगाडि बढेको हो। यसअघि सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिए पनि अदालतमा पुनः बयान भइरहेको हो।

बिहीबार नै अर्की प्रतिवादी लीला पछाईंको बयान सकिएपछि रविको बयान सुरु भएको हो। लीलाअघि नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीको बयान सकिएको थियो।

अब रामबहादुर खनाल र देवकुमार नेपालीको बयान गराउन बाँकी छ। उनीहरूको बयान शुक्रबारसम्ममा सक्ने अदालतको तयारी छ।

स्रेस्तेदार खनालले शुक्रबारसम्ममा बयान सक्ने तयारी भए पनि लामिछानेको बयान लामो भए आइतबार मात्रै बयान सकिने सम्भावना रहेको बताए।

सूर्यदर्शन सहकारी ठगीमा लामिछानेसहित ३१ जनालाई प्रतिवादी बनाइएको छ। सम्पत्ति शुद्धीकरणमा चार जना र क्रिप्टोको कसुरमा २ जनालाई प्रतिवादी बनाइएको छ।

सहकारी ठगीमा उनीहरूविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बढी बिगो कायम गरिएको छ। बयान सकिएपछि उनीहरूलाई थुनामा राख्ने कि थुनाबाहिर भनेर आदेश हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu