ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टीभित्र अल्पमतलाई सम्मान गर्न माओबाट सिक्नुपर्छ – जनार्दन शर्मा


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ४ : २१   बजे

काठमाडौं ११ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र हुने वैचारिक बहसलाई स्वभाविक र अनिवार्य बनाइनुपर्ने बताएका छन् । माओ दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले पार्टीभित्र विचारभन्दा बढी गठबन्धनको बहस भइरहेको बताए ।

‘अहिले पार्टीभित्र वैचारिक बहसभन्दा बढी गठबन्धनको बहस भइरहेको छ’, शर्माले भने, ‘पार्टीभित्र हुनुपर्ने वैचारिक बहस नै हो ।’

 

पार्टीभित्र वैचारिक बहसलाई दुत्कार्ने प्रवृत्ति देखिन थालेको चिन्ता समेत उनले गरे । ‘माओले पनि सातौं अधिवेशनमा अल्पमतलाई सम्मान गर्नुभएको थियो । सयौं फूलहरुलाई फुल्न देऊ भन्नुभएको थियो’, उनले भने, ‘नेपालका कम्युनिष्टहरुले माओबाट सिक्नुपर्छ ।’

वैचारिक बहस कमजोर हुँदा कम्युनिष्ट आन्दोलनमै अलमल देखिएको शर्माले बताए । ‘हामी जानुपर्ने समाजवादी क्रान्तिको कार्यदिशा र रणनीति प्रष्ट पारेर हो । नेपाली विशेषताको समाजवादी कार्यक्रम तयार पारेर हो’, शर्माले भने ।

समाजवादी क्रान्तिका निम्ति कम्युनिष्ट पार्टीहरुबीच एकताबद्ध भएर जानुपर्ने उनको प्रस्ताव छ । जसलाई उपमहासचिव शर्माले तेस्रो पुनर्गठन भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu