ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलम्पिक कमिटिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट


एबीसी न्यूज
११ पुस २०८१, बिहिबार   ५ : २८   बजे

काठमाडौं ११ पुस । नेपाल ओलम्पिक कमिटिको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। आगामी शनिबारका लागि तयारी भएको निर्वाचन रोक्न माग गर्दै ओलम्पिक कमिटिका सदस्य कमलबहादुर चित्रकारले वारेसमार्फत रिट दायर गरेका हुन्।

रिटमा ओलम्पिक कमिटिका अध्यष जिवनराम श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र जिल्ला प्रशासन कार्यालय ललितपुरलाई विपक्षी बनाइएको छ।

निर्वाचन गर्ने सम्बन्धि निर्णयहरु, अवैधानिक पत्रहरु लगायत अन्य कार्यहरु बदर गर्न आदेश माग गरिएको छ। जीवनरामलाई नेपाल ओलम्पिक कमिटिको नामबाट कुनै पनि गतिविधि नगर्नु भनि प्रतिषेधको आदेश समेत माग गरिएको छ।

जिवनरामले प्रेसित गरेको पत्रका आधारमा अवैधानिक रुपमा नेपाल ओलम्पिक कमिटिको निर्वाचन पुस १३ गते हुन लागेको भन्दै अन्तरिम आदेश मार्फत निर्वाचनमा रोक लगाउन समेत माग गरिएको छ।

ओलम्पिक कमिटिमा अन्य सदस्यहरु सर्वसम्मत भएपनि अध्यक्ष र उपाध्यक्षमा निर्वाचन हुन लागेको छ।

अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ। जसमा हालका अध्यक्ष जीवनराम श्रेष्ठ पनि छन्। निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले पनि अध्यक्षमा दाबी गरेका छन्।

उपाध्यक्षमा ७ सिटका लागि ९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। ज्योति राणा, गोपालसुन्दर लाल कक्षपति, प्रकाशशमशेर राणा, दावा गुरुङ, अनिलप्रसाद शर्मा, तुल्सी थापा, अशोकरत्न बज्राचार्य र चतुरानन्दराज वैद्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

महासचिवमा राजीव श्रेष्ठको मात्र उम्मेदवारी परेको छ। यस्तै कोषाध्यक्षमा टासी घले र उपमहासचिवमा रामजीबहादुर श्रेष्ठको एकल उम्मेदवारी परेको छ। तीन सचिवका लागि रमेशप्रसाद शिवाकोटी, भीमसिंह गुरूङ र रामकृष्ण श्रेष्ठले नाम दर्ता गराएका छन्।

पाँचजना सदस्यमा गीता क्षत्री राणा, लाक्पा छिरिङ लामा, राम अवाले, मनीष जोशी र जितेन्द्रबहादुर चन्द छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu