ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पहिलो भए भ्रष्टाचार अन्त्य हुन्छ, अध्यक्ष दाहाल


एबीसी न्यूज
१४ पुस २०८१, आइतबार   १२ : ५९   बजे

काठमाडौं १४ पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पहिलो भए देशमा सुशासनको युग सुरु हुने बताएका छन् । कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारी सभामा उनले आफ्नो पार्टी पहिलो भए देशमा सुशासन कायम हुने र भ्रष्टाचार अन्त्य हुने जिकिर गरेका हुन् ।

‘हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध काम गरिरहेका थियौं तर सुशासन विरोधी र भ्रष्टाचारका पक्षपातीले काम गर्न दिएनन्,’ दाहालले भने, ‘अहिलेको सरकार सुशासनविरुद्ध र भ्रष्टाचारका पक्षमा काम गरिरहेको छ ।’

आफ्नो पार्टी सरकारमा आए गिरीबन्धु टी इस्टेट, ओम्नी र वाइडबडी खरिदलगायत प्रकरणका फाइलहरू खोलिने उनले बताए । यसका लागि माओवादी बलियो हुनुपर्ने उनको भनाइ छ । ‘गिरीबन्धुको फाइल खोलिनेछ, त्यसलाई लुकाउन दिइने छैन,’ अध्यक्ष दाहालले भने, ‘ओम्नी र वाइडबडीमा भएको भ्रष्टाचार पनि त्यतिकै छाडिने छैन, यो सबैका निम्ति माओवादी बलियो हुनुपर्छ ।’

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा सुदूरपश्चिममा नदी नियन्त्रणदेखि विश्वविद्यालय स्थापनालगायत कामहरू गरेको बताए । यसका साथै सुक्खा बन्दरगाह निर्माण पनि आफ्नै पालामा अघि बढेको उनले दाबी गरे । भारत भ्रमणका बेला लिपुलेक, कालापानी र अन्य क्षेत्रका सीमा समस्याबारे समेत कुरा गरेको र समाधानका लागि भारत पनि सहमत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ग्यास किन्न परिचयपत्र अनिवार्य गरिएको भन्दै ज्ञानेन्द्र शाहीको सरकारमाथि प्रश्न

चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu