ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको मात्रै होईन, देश लुट्नेहरु सबैको सम्पत्ति छानविन गर्नुपर्छ- कांग्रेस नेता भण्डारी


एबीसी न्यूज
१४ पुस २०८१, आइतबार   २ : ०८   बजे

काठमाडौं १४ पुस ।     नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा।चन्द्रकान्त भण्डारीले सहकारी ठगीमा संलग्न भएको जोसुकैमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन् । हिजो शनिबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले पत्रकार ऋषि धमलासँग संवाद गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनेरमा मात्रै सहकारी समस्या समाधान नहुने बताएका हुन् । सहकारीमा अपचलन भएको खर्बौं रुपैयाँको छानविनका लागि अब न्यायिक समिति नै आवश्यक पर्ने बताए ।

साथै, सम्पत्ति सुद्धीकरणको विषय रवि लामिछानेलाई मात्रै नभएर अकुत सम्पत्ति कमाएका व्यापारी, नेता, कर्मचारी सबैको छानविन हुनुपर्ने उनले बताए । न्यायिक समिति गठन गरेर अकुत सम्पत्ति आर्जन गर्ने र सहकारी ठगी गर्नेमाथि छानविन हुनुपर्ने उनले बताए । नेता भण्डारीले आरोपितको राहदानी पहिला नै रोक्का राख्नुपर्ने बताए ।

‘अहिले हाम्रो समाजमा दुई वटा मुद्दा उठेका छन् । एउटा सहकारी, जसको एक खर्बभन्दा बढी हिनामिना भएको छ । अहिले रविजीलाई ३ करोड ३७ लाख बराबरको सहकारीको बिगो लागेको छ । अब ३ करोड ३७ लाखभन्दा अर्बौंमा को–को परे त रु यसको छानविन गर्नुपर्यो । यसको छानविनको निम्ति के गर्ने रु एउटा व्यक्तिमात्रै थुनेर पुग्छ कि अब जनताको पैसा फिर्ता गर्ने रु हामी जनताको पैसा फिर्ता गर्न त पर्ला नि राज्यले। । दोस्रो सम्पत्ति सुद्धीकरण ।

अहिले रविजीको ५० करोडभन्दा मुनिको सम्पत्ति सुद्धीकरणको कुरा आइरहेको छ । अब यो देशमा अर्बौं खाने व्यक्तिहरु छन् । खुसीको कुरा नेपाली जनतामा के भन्नुहुन्छ भने अब सहकारीको मुद्दाको सुरुवात पनि रविबाट, सम्पत्ति सुद्धीकरणको मुद्दा पनि रविबाट भएपछि अब सबैको सम्पत्ति छानविन गर्नुपर्छ । सहकारीको पैसा पनि जनताले प्राप्त गर्नुपर्छ । देश लुट्नेहरुको पनि सम्पत्ति छानविन गर्नुपर्छ । अब चाहे कर्मचारी भएर कमाउने होस््, व्यापार गरेर मनपरी गरी कमाउने होस्, चाहे राजनीति गरेर मनपरी गरी कमाउने होस्, अब जनताको सामू यसलाई यथार्थ छानविन गर्नुपर्छ भन्ने मेरो आशय हो,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu