ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक समृद्धि हासिल गर्न नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ- अध्यक्ष ढकाल


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   १ : ५१   बजे

काठमाडौं १६ पुस । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहमा उनले नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्नको लागि सबै ठाँउबाट वातावरण मिलाउन सक्नुपर्ने बताए ।

उनले भने, ‘आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रिय रुपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ ।’

यस्तै, उनले नेपालमा केही सम्भावना छैन् भन्ने नकारात्मक भाष्य चिर्नको लागि नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी मार्फत व्यवसायीहरुलाई इक्यिूटी दिने काम सुरु गरेको बताए ।

उनले भने, ‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन्, भन्ने जुन भाष्य तयार गरिएको छ त्यस्तो होइन । नेपालमा साच्चै सम्भावना छ, धेरै कामहरु गर्न सक्ने ठाँउहरु छ भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तरगतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरुलाई इक्यिूटी चाहिएको छ भने त्यो कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौ ।’

देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने बताए ।

उनले भने, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरु भयोभने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरु, व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाई छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउनसक्छ ।’

सोही क्रममा रोजगार परिषद्का अध्यक्ष ध्र्रुवराज रिजालले आर्थिक गतिविधिको अवस्था अहिलेको धेरै विग्रिएको भन्दै अहिले मजदुर र साउ भनेर होइन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘आजको अवस्थामा श्रमजीविहरुसँग मिलेर काम गर्न सकिएन भने अहिलेको परिस्थितीको सम्बोधन हुन सक्दैन् । आजको आर्थिक अवस्था निर्माणमा को मालिक हो, को मजदुर हो छुट्याउन सक्ने अवस्था नै छैन् । यो आफ्नो स्टन्डको लागि ल्याएको एउटा नीति होला तर आर्थिक गतिविधिलाई चलायमान बनाउने अवस्था अहिलेको जस्तो विग्रिएको कहिले पनि थिएन होला ।’

राज्यप्रति सबैको विश्वास हटेर सबैजना बाहिर जाने अवस्था सिर्जना भएको भन्दै यसमा सम्यम हुनुपर्ने पनि उनको भनाइ छ ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा जारी छैठौं श्रम संसदको बन्द सत्रबाट आगामी सन् २०२५ का लागि अध्यक्ष र महासचिब चयन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जानकारी दिए ।

‘हाम्रो बन्द सत्रमा सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरिनेछ । साथै सन् २०२५ का लागि अध्यक्ष र महासचिव चयन गरिनेछ,’ उनले भने ।

जारी श्रम संसदमा १० वटा महासंघबाट स्ट्रेन्थका आधारमा १ सय ३४ जना प्रतिनिधि सहभागी भएको महासचिव राईले जानकारी दिए । त्यस्तै ७० जना पर्यवेक्षक पनि सहभागी रहेको उनले बताए । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुले उदघाटन सत्रमा धारणा राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group