ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलको बहस, रविसहित सबैलाई थुनामै राख्न माग


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   ४ : ५३   बजे

काठमाडौं १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत संलग्न रहेको पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा सरकारी वकिलको तर्फबाट मंगलबार दुई जनाले बहस गरेका छन्।

न्यायाधीश नितिज राईको इजलासमा सहन्यायाधिवक्ता सुजाता पौडेल र शान्तिदेवी शर्माले मंगलबार बहस गरेका हुन्। शर्माको बहस मंगलबार नसकिएपछि बुधबार पनि उनले बहस गर्ने जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले बताइन्।

सरकारी वहिलले बहसका क्रममा सबै प्रतिवादीहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका छन्।

बुधबार सरकारी वकिलकै तर्फबाट बिपिनराज तिवारी, कमला काफ्लेसहित महान्यायाधिवक्ताको कार्यालयका नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले बहस गर्नेछन्।

बहसका लागि रेग्मी र गौतम पोखरा पुगिसकेका छन्।

सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीहरुको तर्फबाट बहस हुनेछ।

प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, रास्वपा सांसद सोबिता गौतम लगायतले बहस गर्ने तयारी गरेका छन्।

दुवै पक्षको बहसपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि उनीहरुलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने भन्ने आदेश हुनेछ।

पक्राउ परेका ७ जना प्रतिवादीकै बयान सकिएपछि थुनछेक बहस सुरु भएको हो।

लामिछानेसहित पूर्व डीआईजी छविलाल बन्जाडे जोशी, लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अभियोगपत्रसाथ उपस्थित गराइएको छ।

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकोमा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।

यस्तै यी मध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।

सम्पत्ति जफतका लागि रविपत्नी निकितासहित ५ जनालाई पनि प्रतिवादी बनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu