ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भण्डारण गरिने जलस्रोत परियोजनाका लागि छुट्टै ऐन बनाउन सुझाव


एबीसी न्यूज
१६ पुस २०८१, मंगलबार   ५ : ०४   बजे

काठमाडौं १६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भण्डारण गरिने जलस्रोतका परियोजनाहरूको सम्बन्धमा छुट्टै ऐन बनाउन सुझाव दिएका छन्।

मंगलबार प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा उनले नदीनालाहरूसम्बन्धी परियोजना र ड्याम बनाएर जलस्रोत भण्डारण गर्नुपर्ने परियोजनामा धेरै फरक हुने भन्दै छुट्टै ऐन बनाउन सुझाव दिएका हुन्।

जलस्रोतको लागि भनेर एउटा ऐन बनाएर मात्र नपुग्ने उनको धारणा थियो। उनले भण्डारण गरिने जलस्रोतसम्बन्धी ऐन बनाउन नसके जलस्रोतको उपयोग र त्यसबाट मुनाफा लिन नसकिने जिकिर पनि गरे।

ऊर्जा हावाबाट पनि निकाल्न सकिने तर नेपालको सन्दर्भमा पानीको विकल्प नरहेको उनको भनाइ थियो।

उनले भने, ‘हाम्रो जलस्रोतको जुन स्थिति छ, त्यसलाई रणनीतिकरूपमा प्रयोग गर्नुपर्छ। भण्डारण गरिने जलस्रोतको लागि बेग्लै ऐन बनाउनुपर्छ। बेग्लै ऐन नभइकन हुँदैन। नदीनालाहरूको प्रोजेक्ट र ड्याम बनाउनुपर्ने परियोजनाहरूमा जमिन अस्मानको फरक छ। त्यसकारण जलस्रोतको लागि मात्र भनेर एउटा ऐन बनाएर मात्र पुग्दैन। त्यसभित्र कस्तो नेचरको डेभलभमेन्ट हो, त्यसको बारेमा पनि हामीले ऐन बनाउनुपर्छ। यदि त्यो नहुने हो भने हाम्रो जलस्रोतको राम्रो उपयोग हुन सक्दैन, केही मुनाफा लिन सकिँदैन।’

समितिले मंगलबार जलस्रोत विधेयकका सम्बन्धमा विज्ञहरूसँग सुझाव लिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu