ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो


एबीसी न्यूज
१७ पुस २०८१, बुधबार   ६ : ३५   बजे

काठमाडौं १७ पुस । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।

हवाई इन्धनको मूल्य भने घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर दुई रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।

अब पेट्रोलको मूल्य काठमाण्डौ र पोखरामा प्रतिलिटर एक सय ६३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय ५२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यस्तै डिजेलको मूल्य काठमाण्डौ तथा पोखरामा प्रतिलिटर एक सय ५३ रुपैयाँ, सुर्खेत र दाङमा एक सय २२ रुपैयाँ र बाँकी क्षेत्रमा एक सय ५० रुपैयाँ ५० पैसा कायम भएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर एक सय २६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाण्डौमा नौ सय ६०, पोखरामा सात सय ९३ र भैरहवामा सात सय ७८ अमेरिकी डलर कायम गरिएको छ ।

खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विजयपुर खोलामा बगेर एक बालक बेपत्ता, एकको उद्धार

कांग्रेस इतर पक्षको प्रतिबद्धता : १५औँ महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu