ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वी जयन्तीमा राप्रपाले दरबारमार्गदेखि सिंहदरबारसम्म एकता र्‍याली गर्ने


एबीसी न्यूज
१९ पुस २०८१, शुक्रबार   ५ : ३०   बजे

काठमाडौं १९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दबरमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने भएको छ ।

आगामी पुस २७ गते ३०३ औं पृथ्वी जयन्तीको अवसर पारेर एकता र्‍याली गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार र्‍यालीमा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमसेर राणा, डा। प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू सहभागी हुनेछन् ।

विभिन्न भेषभुषा र झांकीसहितको र्‍यालीपछि पृथ्वी शालिकमा पुगेर नेताहरूले पुष्पगुच्छा चढाउने कार्यक्रम बनेको प्रवक्ता श्रेष्ठले बताए ।

 

सोही दिन राप्रपाले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम पनि आयोजना गरेको छ ।

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरु, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेशागत संघसंस्थाका प्रमुखहरू, कलाकार, खेलाडी लगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा पठाएको छ ।

सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा निर्णय गरेको थियो । राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ ।

यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपा सम्बद्ध प्राज्ञिक परिषद्ले पौष २५ गते काठमाडौंमा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बारेमा विचार गोष्ठी पनि आयोजना गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu