ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत देखिन्छ- नेकपा माओवादी


एबीसी न्यूज
१९ पुस २०८१, शुक्रबार   ५ : ३६   बजे

काठमाडौं १९ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ ।  शुक्रबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए ।

‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो,’ सापकोटाले भने, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्‍यो । बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरु हुन सक्दैन ।’

उनका अनुसार अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको छ ।

‘अब हामी सबै पार्टीसित पनि छलफल चलाउँछौं । प्रभावकारी दबाब सिर्जना गर्छौं,’ सापकोटाले भने, ‘समयमै नबोलाउनुमा केही बदनियत छ कि जस्तो हामीलाई लागिरहेको छ ।’

माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।

पार्टीको केन्द्रीय समिति बैठक सफल बनाउनेगर गहन, गम्भीर र महत्त्वपूर्ण सुझाव संकलनको काम भइरहेको उनले बताएका छन् । स्थायी समिति बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रुपान्तरण लगयातका यावत् विषयमा आफ्ना कुराहरू राखेको उनले बताए ।

‘अब हामीले सबै पालिकामा समाजवादको आधार खडा गर्नुपर्छ । पहिला १ सय २२ वटा तहमा नेतृत्व थियो । अहिले ग्रामथानसहित १ सय २३ वटामा छ । ग्रासरुट सुशासनमा सर्वाधिक जोड दिननुपर्छ,’ सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रकाशमान सिंहको आरोप : ‘विशेष महाधिवेशन विधिसम्मत भएन’

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu