ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन प्रशासनकाे चेतावनी


एबीसी न्यूज
२३ पुस २०८१, मंगलबार   ७ : २९   बजे

काठमाडौं २३ पुस । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निकाल्नुभएको विज्ञप्तिमा अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही चेतावनी दिएको हो । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले मङ्सिर २२ गते कार्यपालिका बैठकबाट र सगरमाथा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सरोकारवाला संस्थाले मङ्सिर २५ गते व्यावसायिक हेलिकप्टर उडानलाई पुस १७ गतेदेखि रोक लगाउने निर्णय गरेका थिए ।

हेलिकप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको वासस्थानमा असर परेको उनीहरूको भनाइ थियो । तर सङ्घीय सरकारको एकल अधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गाउँपालिका र निकुञ्जको निर्णय संविधान विपरीत भएको बताएको थियो ।

तर पुस १७ देखि लुक्लादेखि सगरमाथा क्षेत्रमा पर्ने बस्तीमा रहेका धेरैजसो हेलिप्याडमा खाबोसहित झण्डा झुन्ड्याउँदै हेलिकप्टर उडान गर्ने पाइलटलाई नियन्त्रणमा लिई कारबाही गर्ने अभिव्यक्ति दिएपछि व्यवसायीहरूले हिजोदेखि खुम्बु क्षेत्रमा बिरामी उद्धारलगायतका कुनै पनि चार्टर्ड तथा व्यावसायिक उडान स्थगित गरेका छन् । त्यसपछि स्थानीय प्रशासनले सार्वजनिक सूचना निकालेर हेलिकप्टर उडानमा अवरोध नगर्न चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu