ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो ठूलो भूकम्प हो, नेपालमा क्षति भएको हुनसक्छ: भूकम्पविद् अधिकारी


एबीसी न्यूज
२३ पुस २०८१, मंगलबार   ७ : ४६   बजे

काठमाडौं २३ पुस । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले आज बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा क्षति भएको हुनसक्ने बताएका छन्।

स्थानीय मापन अनुसार आज बिहान ६ बजेर ५० मिनेट जाँदा सात रेक्टरस्केलको भूकम्प गएको बताए।

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक केन्द्रबिन्दु भएर ६।९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर सीईएनसी०ले ले जनाएको छ।

तर, भूकम्पविद् अधिकारीले भने स्थानीय मापन अनुसार यो भूकम्प सात रेक्टरस्केलको भएको बताए।

‘यो भूकम्पले नेपालमा क्षतिहुने सम्भावना धेरै छ। तिब्बत नजिकका नेपाली भूभाग पूर्वीपहाडी र हिमाली क्षेत्रमा क्षति भएको हुनसक्छ,’ उनले नेपालखबरसँग भने, ‘काठमाडौँदेखि पूर्वतर्फको क्षेत्रमा भूकम्पको अझ ठूलो धक्का महसुस भएको छ।’

अधिकारीले नेपालको हिमाली क्षेत्र भूकम्पिए दृष्टिले अत्यन्तै जोखिममा रहेको बताए। ‘तिब्बतमा आज बिहान गएको भूकम्पको कारण पनि एउटै हो,’ अधिकारीले भने।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी नेपालका धेरै जिल्लामा महसुस भएको छ।

भूकम्पको धक्काले काठमाडौँवासी सडकमा निस्किएका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले मोरङमासमेत भूकम्प गएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group