ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र बैंकले खोलिदियो लघुवित्तलाई कम्पनीमा लगानी गर्ने बाटो


एबीसी न्यूज
२४ पुस २०८१, बुधबार   १२ : ३५   बजे

काठमाडौं २४ पुस । लघुवित्त कम्पनीले अब नेपाल राष्ट्र बैंकको लगानी रहेका कम्पनीमा लगानी गर्न पाउने भएका छन्।

राष्ट्र बैंकले ९घ० वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशन(२०७९ जारी गर्दै लगानीको बाटो खोलिदिएको हो।

नेपाल लघुवित्त वित्तीय संस्थाले संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाइने व्यवस्था गरेकामा राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकको लगानी रहेका संस्थामा भने लगानी गर्न पाउने व्यवस्था गरेको हो।

निर्देशनमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकको कामरकारबाही वा दायित्व पूरा गर्न सहयोग पुग्ने उद्देश्यले राष्ट्र बैंकको लगानी समेतमा स्थापित नेसनल बैकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्रलगायतका संस्थाहरूमा र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन।’

यसबाहेकका संगठित संस्थाको सेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा लगानी गरेमा सो रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने समेत व्यवस्था गरेको छ।

यस्तै राष्ट्र बैंकले निर्देशनमार्फत कार्यकारी प्रमुख पदमा पनि थप कडाइ गरेको छ।

जसमा संस्थाको चुक्तापुँजी १ प्रतिशत वा सो भन्दा बढी सेयर धारण गर्ने सेयरधनी र निजको एकाघरका परिवारका सदस्यले सो संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुख पदमा बाहेक अन्य पदमा नियुक्त हुन नपाउने व्यवस्था छ।

चुक्ता पुँजी ५ प्रतिशत वा सोभन्दा बढीको सेयर स्वामित्व भएका व्यक्ति पनि सो संस्थाको कार्यकारी प्रमुख पदमा बस्न नपाउने व्यवस्था गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली साहित्य बजारमा नयाँ कृतिको आगमन : कविता, उपन्यासदेखि देवकोटाका समग्र निबन्धसम्म

देउवाको भविष्यवाणी चार वर्षपछि पूरा : प्रतिस्पर्धी खगराज बने सुदूरपश्चिमका मुख्यमन्त्री

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu