ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लनटेनिसको उपाधि रोहितलाई


admin
३० फाल्गुन २०७४, बुधबार   ३ : १७   बजे

काठमाडौँ, ३० फागुन। ‘दशौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि काठमाडौँका रोहित सुनुवारले जितेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकूद समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा सुनुवारले काठमाडौँकै राजु श्रेष्ठलाई ६–४ र ६–३ अंकले पराजित गर्नुभयो ।

त्यस्तै ६५ वर्षमाथिको उमेर समूहको भेट्रान्स एकलतर्फको फाइनलमा काठमाडौँका ज्ञानेन्द्रमान ताम्राकारले काठमाडौँकै दीपक श्रेष्ठलाई ४–० र ४–२ अंकले पराजित गर्नुभयो । भेट्रान्सअन्तर्गत ५५ वर्षमाथि एकलतर्फको उपाधि मकवानपुरका कमल थापाले जित्नुभयो । उहाँले ललितपुरका कृष्णराज घलेलाई २–६, ६–२ र १०–८ अंकले पराजित गर्नुभयो ।

आजै सम्पन्न चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा एपिएफका दीपेश धामीले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २१–१६ र २१– १६ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गर्नुभयो । अर्को सेमिफाइनलमा आर्मीका रत्नजित तामाङले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७ र २१– १० अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् ।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र न्यू–डाइमण्ड एकेडेमी विजयी भएका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौँलाई २५–९, २५–३ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो । उक्त खेलमा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।

त्यस्तै न्यू–डाइमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१, २५–३ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । उक्त खेलमा न्यू–डाइमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच घोषित भइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group