ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगतिका लागि अध्यादेश’


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   ४ : ०५   बजे

काठमाडौं १० माघ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बतउनुभएको हो ।

अर्थमन्त्री पौडेलले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको जानकारी दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्नुहुँदै अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेको बताउनुभयो ।

उहाँले समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताउनुभयो । उहाँले अहिलेको सरकारले कुनै औषत काम गरेर एउटा सरकारको सूचीमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिलेको सरकारले कुनै औसत काम गरेर एउटा सरकारको सूचिमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा यो सरकार छैन । हामीसँग सङ्ग्रहित समस्याको निकै लामो चाङ छ । यी समस्याहरु हामी एकएक गरेर पन्छाउँदै जान चाहन्छौँ । साँचै नै छोटो अवधिमा दूरगामी महत्त्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौँ । विशेष गरी अर्थतन्त्रका क्षेत्रमा जस्ता समस्याहरु छन्, ती समस्याहरु प्रभावकारी ढङ्गले सम्बोधन गर्न र समाधान गर्न चाहन्छौँ ।’’

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरुको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताउनुभयो । आन्तरिक र बाह्य लगानी लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको बताउनुभयो ।

‘‘हामीले २९ वटा ऐन अध्यादेशका माध्यमबाट संशोधन गरेका छौं । ती अध्यादेशहरु सदन सुरु भएको पहिलो दिन नै सदनसमक्ष प्रस्तुत हुँदैछन् । ६० दिनभित्र अध्यादेशहरु अनुमोदित हुनेछन् । हामीसँग समय हुन्थ्यो भने योभन्दा फरक तरिकाले जान्थ्यौँ होला ।,’’ अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘तर हामीसँग समयको चाप छ, त्यसलाई ख्याल गरेर, नागरिकहरुको निराशालाई आशामा बदल्नका लागि देशभित्र भविष्य छ भनेर भविष्य खोज्ने त्यस खालको अनुकूल परिस्थिति निर्माण गर्न ऐनहरुमा संशोधन गर्ने अध्यादेश अघि सारेको छ । खासगरी अध्यादेशबाट गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न चाहेका छौँ । आन्तरिक र बाह्य लगानी लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याएका छौँ ।’’

उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा काम गर्न चाहेको बताउनुभयो ।

‘‘समग्र अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको कारी पहलकदमी निर्माण गर्ने यस अभियानमा हामी तीव्र गतिमा अघि बढ्न चाहन्छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यस दिशामा प्रभाव लिन चाहन्छौँ । तरलता विस्तार भइरहेको अवस्था छ । यो तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना यसका निमित्त कसरी सदुपयोग गर्ने यसतर्फ सोच्नुस् ।’’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group