ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा मौसम बदली, ह्वात्तै बढ्यो न्यूनतम तापक्रम


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ९ : ०७   बजे

काठमाडौं १३ माघ । काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ।  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँको आकाशमा बादल लागेकाले बिहानैदेखि मौसम बदली भएको हो।

‘स्थानीय वायुले बादल विकास भएको छ’, उनले भने, ‘तर यो पानी पार्ने खालको बादल होइन।’

उनका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने सम्भावना देखिएको छ।

‘मध्याह्नपछि बादल अलि कम हुने र घाम लाग्ने सम्भावना छ’, उनले भने, ‘काठमाडौँमा आज पानी पर्ने सम्भावनाचाहिँ देखिन्न।’

यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको छ।

मौसमविद् दाहालका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७।८ डिग्री सेल्सियस देखिएको हो।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८स्४५ बजे पुनः मापन हुन्छ। त्यतिबेला न्यूनतम तापक्रम थोरै घट्ने सम्भावना हुन्छ भने यत्ति नै पनि रहन सक्छ।

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।८ डिग्री सेल्सियस थियो।

आज उपत्यकाको अधिकतम तापक्रम भने २१ देखि २३ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् दाहालले बताए। हिजो शनिबार काठमाडौँको अधिकतम तापक्रम २०।५ डिग्री सेल्सियस थियो।

मौसमविद् दाहालका अनुसार राति पनि मौसम बदली अर्थात् आकाश बादलले ढाकेका कारण आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको हो।

यसको ठीक उल्टो दिनमा चाहिँ मौसम सफा भयो भने अधिकतम तापक्रम बढ्छ भने आकाश बादलले ढाक्यो भने घाम लाग्न नपाउने हुँदा अधिकतम तापक्रम घट्छ।

मौसमविद्का अनुसार सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८स्४५ बजे तथा अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ।

न्यूनतम तापक्रम भनेको त्यस दिन सबैभन्दा तल झरेको तापक्रम हो भने अधिकतम तापक्रम भनेको सबैभन्दा माथि उक्लिएको तापक्रम हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu