ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमिलो जात फलफूल खेती गर्ने किसानलाई तालिम


abc tv
१३ माघ २०८१, आइतबार   ९ : १७   बजे

काठमाडौं । बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि तालिम केन्द्रले प्रदेशका आठ जिल्लाका अमिलो जात फलफूल खेती गर्ने किसानलाई तालिम दिएको छ ।

माघ ६ गतेदेखि ११ गतेसम्म कीर्तिपुरस्थित बागवानी केन्द्रमा सञ्चालन भएको तालिममा प्रदेशका आठ जिल्लाका १८ जनाको सहभागिता थियो ।

तालिममा सुन्तला, कागती, जुनार खेतीका साथै नर्सरी गर्दै आएका किसानहरुको सहभागिता थियो ।

‘अगुवा कृषकस्तर अमिलो जात फलफूल खेती तथा बगैंचा व्यवस्थापन प्रविधि’ तालिममा विषयविज्ञ प्राविधिक तथा विज्ञहरुबाट तालिम दिइएको थियो ।

बागमती प्रदेशमा अमिलो जातको फलफूल खेतीको सम्भावना, गुणस्तरीय विरुवा उत्पादन, बगैचा व्यवस्थापन, बोर्डो मिश्रण, पेष्ट र पेन्ट बनाउने विधि र प्रयोग, फलफूल बालीमा लाग्ने किरा र रोग, त्यसको निदान, फलफूल बगैचाका लागि मलजल, खाद्यतत्वका साथै बगैचा स्थापनाका साथै फलफूलमा मूल्यअभिवृद्धिका उपायहरुबारे तालिममा सिकाइएको थियो ।

तालिममा सहभागीहरुलाई पनौतीमा रहेको सुन्तला बगैंचाको स्थलगत भ्रमण गराइएको थियो । तालिममा प्रयोगात्मक अभ्यास समेत सिकाइएको थियो ।

तालिममा सहभागी किसानहरुले तालिम अत्यन्त उपयोगी भएको भन्दै तालिम केन्द्रलाई धन्यवाद दिए ।

तालिमको समापनका अवसरमा तालिम केन्द्रका वरिष्ठ वागवानी अधिकृत पवन भण्डारीले सीमक्षात्मक विश्लेषण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तालिम समापन समारोहमा तालिम केन्द्रका प्रमुख नारायणकुमार श्रेष्ठले तालिममा फलफूल खेतीको सम्भावना अत्यन्त रहेको भन्दै सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सकियो भने किसानहरुले धेरै लाभ लिन सक्ने बताए ।

समशीतोष्ण बागवानी केन्द्र कीर्तिपुरका प्रमुख पदमप्रसाद अधिकारीले तालिममा सहभागीहरुलाई शुभकामना दिएका थिए । तालिमको संयोजन तालिम केन्द्र भण्डारा चितवनका कमला आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group