ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले बोलायो सचिवालय बैठक


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   १२ : ०२   बजे

काठमाडौं १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालय बैठक बोलाएको छ । सोमबारका लागि बैठक बोलाइएको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

रावलका अनुसार बैठक सोमबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा राखिएको छ ।

समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू र नयाँ नियमावलीहरु प्रस्तावका बारेमा छलफल गर्न रास्वपाले बैठक बोलाएको हो । बैठकमा संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता हुने विषय, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको एजेन्डा पनि रहेको रावलको भनाइ छ ।

रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने नहुने अझै टुंगो लागिसकेको छैन । सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी छ । आज पनि उनी अदालतमा उपस्थित हुँदैछन् । आजै बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हुम्लामा ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद

सम्पत्ति छानबिन आयोगविरुद्धका रिट संवैधानिक इजलासमा, सर्वोच्च प्रशासनको टिप्पणीपछि नयाँ मोड

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu