काठमाडौं १३ माघ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रुपन्देही अदालतमा तेस्रो दिनको बहस सुरु भएको छ । शुक्रवार रवि पक्षका तिनजना वकिलले बहस गरेका थिए ।
आज बाँकी रहेको बहस सुरु भएको जिल्ला अदालत रुपन्देही श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले बताए । आजको बहस रमण श्रेष्ठबाट सुरु भएको उनले बताए ।
आज वरिष्ठ अधिवक्ता पशुपति भण्डारी, नारायणदत्त कँडेल, सुरज बस्नेत, सुनिता राउत, राजेन्द्र सेढाईसहितका कानुन व्यवसायीले बहस गर्नेछन् ।
रविको पक्षमा नाम टिपाएका अन्य वकिलहरुको बहस सकिएपछि सवाल जवाफ हुने उनले बताए । बुधवार ५ नं इजलासमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडिएको थियो । बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्