ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङबाट हराएका ५ बालबालिका भारतमा भेटिए, आज अभिभावकको जिम्मा लगाउने


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   १२ : ५५   बजे

काठमाडौं १३ माघ । नेपालबाट भारत पुगेका ५ बालबालिकाको उद्धार गरिएको छ। नेपाल(भारत सीमा क्षेत्र जोगवनी नाका भएर भारत पुगेका उनीहरूलाई भारतको बिहारबाट उद्धार गरिएको बालबालिका खोजतलास केन्द्र विराटनगर ले जनाएको छ। फिर्ता गरेर ल्याइएका बालबालिका सबै मोरङका हुन्।

उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर १, ८, १४ र विराटनगर १९ का छन्। उनीहरू भारतको रेल्वे स्टेसनमा माग्ने तथा विभिन्न जोखिमपूर्ण अवस्थामा फेला पारेपछि बालबालिका खोजतलास केन्द्रले उद्धार गरेको हो।

उद्धारमा संलग्न केआईएन इन्डियाका नवीन जोशीले जोखिमपूर्ण अवस्थामा रहेका नेपाली बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा भारतीय बाल कल्याण समितिको जिम्मा लगाइएको बताए।

उनका अनुसार १७ वर्षीया किशोरी भारतको सारसा जिल्लामा फेला परिन्। जोखिम पूर्ण अवस्थामा फेला पारेकी उनलाई भारतीय प्रहरीले बाल कल्याण समितिको जिम्मा लगाएको थियो। उनी नेपालबाट कहिले त्यहाँ पुगिन् भन्ने थाहा छैन। १३ वर्षको उमेरमै विवाह भएको उनको १७ वर्षका उमेरमा दुईवटा बच्चा घरमा रहेको प्रारम्भिक रूपमा आएको बालबालिका खोजतलास केन्द्र १०४ का प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए।

उनलाई घरमा धेरै यातना दिएको, श्रीमान् र सासूले कुटपिट गर्ने गरेको समेत ती बालिकाले अनुसन्धानको क्रममा बताएकी छन्। भारतको कटिहार स्टेसनमा अलपत्र अवस्थामा भेटिएकी अर्की १३ वर्षीय बालिकाको पनि उद्धार गरिएको छ। बोर्डर पार गरेर गएकी बालिका कसरी त्यहाँ पुगिन् भन्ने एकिन छैन। कटिहार पुगेपछि अलमलमा परेको र कहाँ जाने भन्ने समेत थाहा नभएको अरू कसैले देखेर भारतीय प्रहरीलाई खबर गरेका थिए।

उनीसँगै गएको उनको १० वर्षीय भाइ भने रेल्वे स्टेसनमा अलपत्र अवस्थामा फेला परेको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्। अन्य दुई बालक कटिहारका विभिन्न ठाउँमा भिख माग्दै गरेको अवस्थामा फेला परेका छन्। ती दुईमध्ये एक जना ११ र अर्को ७ वर्षका बालक हुन्। उद्धार गरेर नेपाल ल्याइएका ती बालबालिकालाई आज अभिभावकको जिम्मा लगाउने तयारी गरिएको छ।

भारतमा बालबालिकासम्बन्धी कानुन कडा रहेका कारण अन्तर देश उद्धार र फिर्ती प्रक्रिया झन्झटिलो रहेको उद्धारमा संलग्न बालबालिका खोजतलास केन्द्रले जनाएको छ। कानुनी प्रक्रियाअनुसार फिर्ता गर्न भारतको विदेश मन्त्रालय हुँदै डिस्ट्रिक्ट मेजिस्ट्रेटबाट नो अब्जेक्सन सर्टिफिकेट लिएपछि मात्र फर्काउने व्यवस्था छ।

एक वर्षदेखि हराइरहेका बालबालिका नेपाल फर्काएर ल्याउन ६ महिना लागेको छ। भारतीय बाल कल्याण समितिले ती बालबालिकालाई बालगृहमा राखेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu