ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईएको नयाँ दाबी, कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट फैलियो


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ३ : १६   बजे

काठमाडौं १३ माघ । अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी ९सीआईए० ले कोरोना भाइरस प्रयोगशालामा तयार गरिएको हुन सक्ने शंका व्यक्त गरेको छ ।

शनिबार सार्वजनिक गरिएको यस प्रतिवेदनमा चीनलाई कोभिड(१९ का लागि जिम्मेवार ठहराइएको छ । यद्यपि सीआईएको प्रतिवेदनमा यस दाबीलाई प्रमाणित गर्ने पर्याप्त प्रमाण नभएको पनि उल्लेख गरिएको छ ।

ट्रम्प प्रशासनका सीआईए निर्देशक जोन र्‍याटक्लिफको आदेशमा सार्वजनिक गरिएको यो प्रतिवेदन बाइडेन प्रशासन र सीआईएका पूर्वनिर्देशक विलियम बर्न्सको आदेशमा तयार पारिएको हो ।

समाचार संस्था एपीको रिपोर्ट अनुसार, यसअघि पनि विभिन्न प्रतिवेदनले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हुनसक्ने शंका व्यक्त गरेका थिए । तर, केही प्रतिवेदनहरूले यो प्राकृतिक रूपमा फैलिएको दाबी गरेका थिए ।

 

यो प्रतिवेदन कुनै नयाँ गुप्तचर जानकारीको आधारमा तयार गरिएको भने होइन ।

डेली मेलका अनुसार अमेरिकी अधिकारीहरूले कोरोना भाइरसको फैलावटबारे सीआईएको नयाँ धारणा पुष्टि गर्ने कुनै नयाँ प्रमाण भने छैन ।

सीआईएले शनिबार जारी गरेको एक सन्देशमा भनेको छ, ‘उपलब्ध रिपोर्टहरूको आधारमा कोभिड(१९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित कारण प्राकृतिक कारणभन्दा बढी सम्भावित भएको हाम्रो ‘कम आत्मविश्वास’ सहितको मूल्यांकन छ ।’

एजेन्सीले भनेको छ, ‘कोभिड(१९ महामारीको उत्पत्तिमा प्रयोगशालासँग सम्बन्धित र प्राकृतिक दुवै सम्भावना अझै पनि विश्वसनीय मानिन्छ ।’

सीआईएको उक्त सन्देशमा भनिएको छ, ‘हामी यो मूल्यांकनमा ‘कम आत्मविश्वास’ राख्छौं र कुनै नयाँ गुप्तचर जानकारी वा सान्दर्भिक विवरण प्राप्त भएमा त्यसलाई निरन्तर समीक्षा गर्नेछौं ।’

फेरि चर्चामा कोरोना भाइरस

सीआईएको यो रिपोर्टले कोरोना भाइरसलाई पुनः एकपटक चर्चामा ल्याएको छ । यो रिपोर्ट भाइरसको प्रसार, यसको वैज्ञानिक विशेषता र चीनको भाइरोलोजी प्रयोगशालामा गरिएका अनुसन्धानको नयाँ विश्लेषणका आधारमा तयार गरिएको हो ।

गुप्तचर अधिकारीहरूले चिनियाँ सहयोग अभावले यो रहस्य सायद कहिल्यै पूर्ण रूपमा समाधान हुन नसक्ने बताएका छन् । अमेरिकी सांसदहरूले जासुसी संयन्त्रहरूलाई कोभिड(१९ को उत्पत्तिबारे थप जानकारी प्रदान गर्न दबाब दिएका छन् ।

विश्व अझै कोभिड महाव्याधिको प्रभावहरूसँग जुधिरहेकोले यो विषय अमेरिकी र विश्व राजनीतिका लागि अत्यन्त महत्त्वपूर्ण छ ।

चीनको प्रतिक्रिया

चीनले अमेरिकी आरोप र कोभिड(१९ को उत्पत्तिबारे कुनै पनि प्रकारका अडकलबाजीलाई आधारहीन र राजनीति प्रेरित भएको बताएको छ ।

शनिबार एक चिनियाँ अधिकारी लिउ पेंग्यूले भनेका छन्, ‘हामी भाइरसको उत्पत्तिलाई राजनीतीकरण र कलंकित गर्न खोज्ने प्रयासको कडा विरोध गर्दछौं । हामी सबैलाई विज्ञानको सम्मान गर्न र षड्यन्त्र सिद्धान्तहरूबाट टाढा रहन अपिल गर्दछौं ।’

वैज्ञानिकहरूले कोरोना भाइरस चमेरोबाट फैलिएको हुनसक्ने अनुमान गरेका थिए । यसअघि पनि कोरोनासँग मिल्दोजुल्दो अन्य भाइरस चमेरोबाट फैलिएको आधारमा उनीहरूले यो निष्कर्ष निकालेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group